मलेसियामा रक्सी खाएर पसलको सिसा फुटाउने दुई नेपाली पक्राउ  « Khabarhub

मलेसियामा रक्सी खाएर पसलको सिसा फुटाउने दुई नेपाली पक्राउ 


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

दोहा- मलेसियामा रक्सी खाएर पसलको सिसा फुटाउने दुई नेपाली पक्राउ परेका छन् । मलेसियाको तमन मेलावती क्षेत्रमा रहेको एक पसलको झ्यालको सिसा फुटाइदिएको आरोपमा दुई नेपालीलाई पक्राउ गरिएको हो ।

मादक पदार्थ  खाएर मातेको अवस्थामा घट्नामा संलग्न २१ र २२ वर्षका दुई नेपाली युवाले मुक्का हानेर एक पसलको सिसा फोडेर भागेको पाइएपछि उनीहरूलाई हिरासतमा लिइएको मलेसियन प्रहरीले जनाएको छ ।

स्थानीय सञ्चार माध्यम द स्टारका अनुसार सीसीटीभी फुटेज जाँच गर्दा दुई युवाले झ्यालको सिसा मुक्का हानेर फुटाएपछि भागेको देखिएको थियो। झ्यालको सिसा फुटेको पाइएपछि सीसीटीभी जाँच गर्दा रक्सीले मातेको अवस्थामा दुई युवाले चार मुक्का हानेर सिसा फोडेको देखिएको खबरमा उल्लेख छ ।

पक्राउ परेकाहरूको नेपालको ठेगाना र परिचय भने खुलाइएको छैन । उनीहरू दुवै जना त्यही क्षेत्रको एक मलको पसलमा सहायक कामदारको रूपमा काम गर्ने रहेको पाइएको छ । तर उनीहरूले त्यसअघि मलेसियामा कुनै पनि आपराधिक क्रियाकलाप भने नगरेको पाइएको छ ।

अहिले दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको र कानुनको उल्लङ्घन गर्ने जो कोही पनि कारबाहीबाट नबच्ने मलेसियन प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ६ : १० बजे

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब