जुम्लाका तीन स्थानीय तहले भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने « Khabarhub

जुम्लाका तीन स्थानीय तहले भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहले भूकम्पपीडितलाई आर्थिक सहयोग गरेका छन् । यही कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम जिल्लामा ठूलो धनजनको क्षति भएको छ । 

उक्त दुखद परिस्थितिको सामना गरिरहेका पीडितलाई सहयोगका लागि तातोपानी गाउँपालिकाले राहतका लागि रु दस लाख दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइँले जानकारी दिए। यसैगरी नेपाल सरकारको दैवी प्रकोप व्यवस्थापन कोषमा रु पाँच लाख भूकम्प प्रभावितका क्षेत्रमा सहयोग गर्ने कार्यपालिकाबाट निर्णय भएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन् ।

 भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना, पुनःनिर्माणलगायत कार्यमा सहयोग पुर्‍याउन  सिञ्जा गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक लाख जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । 

जाजरकोट जिल्लाको बारकोट गाउँपालिकामा केन्द्रबिन्दु भएर छ दशमलव चार म्याग्निच्युटको  भूकम्पका कारण त्यहाँ ठूलो धनजनको क्षति भएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  १२ : २१ बजे

कान्ति बाल अस्पतालले माग्यो करार कर्मचारी 

काठमाडौं– कान्ति बाल अस्पतालले करार सेवामा विभिन्न पदका लागि कर्मचारी

ट्रम्प र मेयर–निर्वाचित ममदानीबीच शुक्रबार भेट हुने

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी अभियानका क्रममा कडा

भोजपुरका किसान कोदो थन्क्याउन व्यस्त

भोजपुर – भोजपुरका किसान यो समयमा कोदो थन्काउने काममा व्यस्त

एमाले सचिवालय बैठक : अध्यक्षमा उठ्ने जानकारी गराउँदै वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक बिहीबार दिउँसो बस्दैछ । बैठक

च्छोरोल्पा पदयात्रा : प्रकृति, संस्कृति र हिमाली जीवनशैली नजिकबाट बुझ्ने अवसर

काठमाडौं– विश्व प्रसिद्ध च्छोरोल्पा पदमार्ग दोलखा जिल्लामा पर्दछ । यो