जुम्लाका तीन स्थानीय तहले भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने « Khabarhub

जुम्लाका तीन स्थानीय तहले भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहले भूकम्पपीडितलाई आर्थिक सहयोग गरेका छन् । यही कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम जिल्लामा ठूलो धनजनको क्षति भएको छ । 

उक्त दुखद परिस्थितिको सामना गरिरहेका पीडितलाई सहयोगका लागि तातोपानी गाउँपालिकाले राहतका लागि रु दस लाख दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइँले जानकारी दिए। यसैगरी नेपाल सरकारको दैवी प्रकोप व्यवस्थापन कोषमा रु पाँच लाख भूकम्प प्रभावितका क्षेत्रमा सहयोग गर्ने कार्यपालिकाबाट निर्णय भएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन् ।

 भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना, पुनःनिर्माणलगायत कार्यमा सहयोग पुर्‍याउन  सिञ्जा गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक लाख जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । 

जाजरकोट जिल्लाको बारकोट गाउँपालिकामा केन्द्रबिन्दु भएर छ दशमलव चार म्याग्निच्युटको  भूकम्पका कारण त्यहाँ ठूलो धनजनको क्षति भएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  १२ : २१ बजे

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका