बर्खास्त भएको श्रीलङ्काली क्रिकेट बोर्ड अदालतद्वारा पुनःस्थापित « Khabarhub

बर्खास्त भएको श्रीलङ्काली क्रिकेट बोर्ड अदालतद्वारा पुनःस्थापित


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्काको पुनरावेदन अदालतले मङ्गलबार क्रिकेट बोर्ड बर्खास्त गर्ने खेलमन्त्रीको निर्णयलाई खारेज गरिदिएको छ । साथै अदालतले पूरा सुनुवाइ नभएसम्म निष्कासित अधिकारीहरूलाई पुनरबहाली गरेको छ ।

सोमबार श्रीलङ्का क्रिकेट बोर्डलाई बर्खास्त गर्ने र एउटा अन्तरिम समिति नियुक्त गर्ने मन्त्री रोशन रणसिङ्घेको कदमलाई चुनौती दिँदै बोर्डका अध्यक्ष शम्मी सिल्भाले दायर गरेको निवेदनलाई अदालतले स्वीकार गरेको छ । “अदालतले मुद्दाको पुनः सुनुवाइ नगरेसम्म बोर्डको पुनःस्थापना दुई साताका लागि हो”, अदालतका एक अधिकारले भने ।

अदालतले पूर्वकप्तान अर्जुना रणतुङ्गाको अध्यक्षताको अन्तरिम समितिलाई कार्यालयमा निरन्तरता दिन रोक लगाउने आदेश प्राप्त गरेपछि सिल्भा काममा फर्किने बोर्डका अधिकारीहरूले बताएका छन् । सरकारले बोर्डका ‘थाँती मुद्दाहरू’ सम्बोधन गर्न एउटा क्याबिनेट समिति पनि नियुक्त गरेको छ ।

विश्वकप प्रतियोगितामा भारतसँग श्रीलङ्काको लज्जास्पद पराजयपछि खेलमन्त्रीले यस्तो कदम चालेका थिए । व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक सङ्कटमा परेको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलङ्का क्रिकेट बोर्ड र मन्त्रीबीच विवाद कायम छ ।

सन् १९९६ को विश्वकप विजेता श्रीलङ्काका पूर्वकप्तान रणतुङ्गाले सोमबार पदभार सम्हालेपछि बोर्डको छवि सुधार्न र राष्ट्रिय टिमको पुनरनिर्माण गर्ने वाचा गरेका थिए । “श्रीलङ्का क्रिकेटलाई देशको सबैभन्दा भ्रष्ट संस्थाका रूपमा चिनिन थालेको छ, म त्यो छवि परिवर्तन गर्न चाहन्छु”, उनले भनेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  २ : ४० बजे

भारी वर्षाको कारण जलमग्न सहभागिता मार्ग (तस्बिरहरू)

काठमाडौं– भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग जलमग्न

सरकारको नयाँ सिस्टमले हैरान युवा, सातादेखि भर्न पाएनन् राहदानीको आवेदन फारम

काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षसँगै लागु गरेको नयाँ प्रणालीका कारण

जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

विराटनगर– सरकारले जिटुजीमार्फत् खरिद गरेको रासायनीक मल विराटनगर आउन शुरु

पछिल्लो पाँच वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्चका न्यायाधीशमा नरिश्वर पहिलो

काठमाडौं- पछिल्लो पाँच आर्थिक वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्च

ककरोच जनता पार्टीसँग भारत सरकारले माग्यो शनिबारसम्मको समय

काठमाडौं- भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन