जंगल र जंगली जनावरको संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

जंगल र जंगली जनावरको संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री कार्की


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जङ्गल र जङ्गली जनावरको संरक्षण गर्नुपर्ने बताएका छन् । प्रदेशको पर्यटन, वन तथा वातावरण  मन्त्रालयद्वारा आज यहाँ आयोजित दुई दिने प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले जंगल र  जनावरको संरक्षण भएमा मात्र आन्तरिक तथा वाह्य पर्यटकको आवागमन वृद्धि भई प्रदेश र नागरिक समृद्ध हुने धारणा राखे ।

मुख्यमन्त्री कार्कीले चाँडै मुख्यमन्त्री डेक्समार्फत सबै मन्त्रालयमा सेवाग्राहीले पाउने सेवा सुविधाका सम्बन्धमा आवश्यक अनुगमन गरी त्यसका आधारमा कर्मचारीको मूल्यांकन गरिने जानकारी दिएका छन् ।

उनले मानवीय विकासबाट भौतिक विकास हुने भएकाले प्राविधिक विषयमा स्वदेश तथा विदेशमा निःशुल्क छात्रवृत्ति प्रदान गर्न सरकारले प्रतिस्थापन बजेटमा रकम छुट्याएको बताएका छन् ।

जनताको बलिदानबाट ल्याएको सङ्घीयताको सफल कार्यान्वयनका लागि जनसेवा, विकासमा जनताको साझेदारी, जनअधिकारको सुरक्षा र सुशासनसहित समिृद्धमा लाग्न उनले कर्मचारीलाई निर्देशन दिएका छन् ।

प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले इमानदारीपूर्वक जनताको कार्यबाट सङ्घीयताको कार्यान्वयनमा सहयोग पुग्ने बताए। सम्झौता भएका योजनालाई सही समय र गुणस्तरीय ढङ्गले सम्पन्न गर्न कर्मचारी लाग्नुपर्नेमा उनले जोड दिए ।

प्रदेशका प्रमुख सचिव डा दीपक काफ्लेले आगामी एक हप्ताभित्र पत्र पठाई वेरुजु फछर्यौट गरी बजेट कार्यान्वयनमा सहयोग गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा कृष्णप्रसाद ओलीले प्रदेश सरकारले पहाड तथा तराईका किसानको बाली जोगाउन बाँदर बिक्री तथा दुम्सी र बँदेलको गणना गरी २० प्रतिशतसम्म शिकारका लागि अनुमति प्रदान गर्नुपर्ने सुझाव दिएका छन् ।

मन्त्रालयका सचिव विशाल घिमिरे र वन निर्देशनालयका निमित्त निर्देशक धनन्जय लामिछानेले विदेशी काठ आयातलाई निरुत्साहित गरी राजस्व वृद्धि गर्न वनसम्बन्धी आवश्यक ऐन, कानुन र नियम संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ७ : ०१ बजे

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण