प्रचण्डद्वारा नेकपा एस र जसपासँग विश्वासको मत माग « Khabarhub

प्रचण्डद्वारा नेकपा एस र जसपासँग विश्वासको मत माग


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग विश्वासको मत मागेका छन् ।

प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिने तय भएको छ । यसअघि आइतबार माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल र यादवसँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

भेटपछि माओवादी केन्द्र अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले भेटवार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । यस्तै जसपा अध्यक्ष यादवले प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा कुनै शंका नै नरहेको बताउँदा नेकपा एस अध्यक्ष नेपालले भने कुनै प्रतिक्रिया नै दिएनन् ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  १ : १७ बजे

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा

विप्लवलाई प्रचण्डको आग्रह : आत्मसमिक्षासहित आउनुहोस् बृहत एकता गराैँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

अरिजीत सिंह फ्यानहरूलाई बनाए निराश, छाडे प्लेब्याक गायन

मुम्बई- लोकप्रिय गायक अरिजीत सिंहले प्लेब्याक गायनबाट संन्यास लिएको घोषणा

उत्तरी गोरखामा हिमपात

गोरखा– जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज

एनसेलले नवीकरण गर्‍यो आईएसओ २७००१ र २७७०१

काठमाडौं- एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयतासम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता