पर्यटकको पर्खाइमा हेलम्बु « Khabarhub

पर्यटकको पर्खाइमा हेलम्बु


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कुनै बेला स्याउका लागि प्रसिद्धि कमाएको सिन्धुपाल्चोकको पर्यटकीयस्थल हेलम्बु यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा छ । पछिल्ला वर्षमा कोरोना महामारीसँगै आन्तरिक तथा बाह्य पर्यटक क्रमशः घट्दै जाँदा सुन्दर रमणीय हेलम्बु पर्यटकको पर्खाइमा रहेको हो ।

काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै साँखु नाङ्लेभारे ६८ किलोमिटर वा वैकल्पिक बाटो कोटेश्वर–बनेपा–जिरोकिलो–सिपाघाँट हुँदै एक सय नौ किलोमिटर बाटोमा यातायातको साधनको प्रयोग गरी किउलतिम्बुसम्म पुग्न सकिन्छ ।

खासगरी स्थानीय स्रोत र साधनबाट बनाइएका आकर्षक होटल, पाहुनाघर, लाङटाङ राष्ट्रिय निकुञ्ज, मेलम्ची खोलाको छहरा, भौगोलिक विविधता, स्थानीय उत्पादनबाट बनेका परिकार, ह्योल्मो जातिको रीतिरिवाज, गुम्बा, घ्याङ, ग्रेटटेल, पाल्चोक मन्दिर नै आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने प्रमुख माध्यम रहेको हेलम्बु गाउँपालिकाको अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन् । शेर्पाका अनुसार हेलम्बुको आकर्षक प्रवेशद्वारमा पर्ने तापखर्कस्थित निगालेमा १३ फिट अग्लो गुरु रेम्पोन्छेको आकर्षक मूर्ति र ग्रेटटेल निर्माण गरेपछि पर्यटक बढ्न थालेका छन् ।

कुनै बेला रसिलो र ज्यादै स्वादिलो अर्ग्यानिक स्याउ पाउने हेलम्बुमा अहिले स्याउ पाइँदैन । हेलम्बुको सेर्माथान, छिमी, नाकोते, तार्केघ्याङका गाउँमा स्याउ फल्न छाडेको स्थानीय कर्मातोक्पे लामाले बताए । स्याउ उत्पादन हुन छाडेपछि लामो समय आलु र मुलाखेतीमा सीमित भएका स्थानीयवासीले वैकल्पिक खेती भेट्टाएपछि उत्साहित भएका छन् ।

गाउँपालिकाले बर्सेनि अनुदानमा किवी, ओखर, नास्पातीलगायत बिरुवा वितरण गर्दै आइरहेको लामा बताउँछन् । पछिल्लो समय शेर्माथानका प्रायः सबै किसान किवी खेतीमा आकर्षित भएका छन् । पर्यटकका स्वागतका लागि आमा समूहद्वारा होमस्टेसमेत सञ्चालनमा रहेको दावाडोल्मा शेर्पा बताउँछन् । दावाडोल्माका अनुसार शेर्माथानका २२ घरमा होमस्टे सञ्चालन गरिएको छ ।

धार्मिक पर्यटनले प्रख्यात हेलम्बुमा पछिल्लो समय पर्यटकको चाप क्रमशः घट्दै गएको स्थानीयवासी बताउँछन् । हेलम्बु घुम्न ट्राभल एजेन्सीहरूले एक सातासम्मको टुर प्याकेज सञ्चालन गर्दै आएका छन् । बाह्य पर्यटकहरू भित्रिने क्रम पनि पछिल्ला दिनमा कम भएको रोशनी लामाले बताइन् । हेलम्बुको प्रचारप्रसार, यहाँका स्रोत र साधनहरूलाई व्यवस्थापन र परिचालन गर्न सके कमी हुँदै आएको आन्तरिक तथा बाह्य पर्यटकको लावालस्कर लाग्ने पर्यटन व्यवसायी मिलन तामाङको भनाइ छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ६ : २६ बजे

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज