वर्तमान सरकार राष्ट्रिय सहमतिको पक्षमा छ : मन्त्री श्रेष्ठ « Khabarhub

वर्तमान सरकार राष्ट्रिय सहमतिको पक्षमा छ : मन्त्री श्रेष्ठ


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएका छन् ।

‘पर्यटन प्रवर्द्धन तथा संस्कृति संवर्द्धन’ को मूल नारासहित सर्लाहीको बागमतीमा आयोजित सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको आज उद्घाटन कार्यक्रममा उनले राष्ट्रिय सहमतिका लागि बलियो वातावरण सिर्जना भएको बताए ।

मन्त्री श्रेष्ठले सत्तापक्ष र प्रतिपक्ष आ–आफ्ना ठाउँमा भए पनि सबै राजनीतिक पार्टीहरू राष्ट्रिय एकता, शान्ति प्रक्रियाको काम पूरा गर्ने पक्षमा रहेको बताए ।

वर्तमान सरकार आम नेपाली जनताले महसुस गर्ने गरी सामाजिक न्यायसहितको समृद्धि सिर्जना गर्न चाहेको उल्लेख गर्दै उनले भने, “नेपाली जनताले शिक्षा, स्वास्थ्य, रोजगारीसहितको समृद्धि दिन ढिलो गर्न हुँदैन ।”

उद्घाटन खेल जाउलाखेल युथ क्लबले एपिएफलाई १–० को अन्तरले पराजित गरेको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ७ : २९ बजे

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको

सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो

स्वीस बैंकमा नेपालीको पैसाबारे गृहमन्त्रीको चासो, राजदूत बोलाएर गरे छलफल

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले स्वीजरल्यान्डस्थित विभिन्न बैंकहरूमा नेपाली नागरिकको पैसाबारे