श्रीलङ्का छिट्टै आर्थिक सङ्कटबाट मुक्त हुने दाबी « Khabarhub

श्रीलङ्का छिट्टै आर्थिक सङ्कटबाट मुक्त हुने दाबी


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले सन् २०२६ सम्ममा आफ्नो देश आर्थिक सङ्कटको अवस्थाबाट मुक्त हुने विश्वास व्यक्त गरेका छन् ।

आफ्नो सरकारको भावी नीतिका बारेमा संसदलाई सम्बोधन गर्दै विक्रमासिङ्घेले विभिन्न समूहको चुनौतीका बावजुद कर सुधार कार्यक्रम अघि बढाउने बताए ।

उनले भने “म राष्ट्रको हितका लागि अलोकप्रिय निर्णय गर्न तयार छु । जनताले ती निर्णयको महत्व दुई–तीन वर्षमा महसुस गर्नेछन् ।”

विक्रमासिङ्घेले कठिनाइका बावजुद सरकारले कमजोर वर्गलाई आर्थिक सङ्कटबाट जोगाउनका लागि कदम चालेको उल्लेख गरे ।

राष्ट्रपतिले देश अहिले नकारात्मक अर्थतन्त्रबाट सकारात्मक अर्थतन्त्रतर्फ अघि बढिरहेको बताउँदै सन् २०२३ को अन्त्यसम्ममा श्रीलङ्काले आर्थिक वृद्धि हासिल गर्न सक्ने बताए ।

उनले संसद्मा रहेका सबै दललाई एकताबद्ध भएर देश बनाउने प्रक्रियामा सहभागी हुन आग्रह गरे ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ८ : ३१ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज