आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै « Khabarhub

आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

कसरी सुरु भयो नारी दिवस ?


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ। संयुक्त राष्ट्र संघबाट ‘Digitall: Innovation and Technology for Gender Equality’ नारा तय भएको छ।

नेपालमा भने ‘लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ।

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डासहित हरेक वर्ष संसारभर विभिन्न कार्यक्रम गरेर मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ। धेरैजसो देशले यस दिन सार्वजनिक बिदा पनि दिने गरेको छ। नेपालमा पनि बिदा दिइने गरेको छ।

कसरी सुरु भयो नारी दिवस ?

सन् १९०८ मो न्यूयोर्क सिटीमा १५ हजार महिलाले सामूहिक रुपमा नै काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित वृहत र्‍यालीमार्फत् महिला आन्दोलन गरेका थिए।

आन्दोलनको माग सम्बोधनसहित त्यसको एक वर्षपछि अमेरिकाको तत्कालीन समाजवादी पार्टीले पहिलो पटक अमेरिकामा राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो।

अमेरिकामा मात्रै होइन, यसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने भन्दै सुरुमा नारीवादी नेतृ क्लारा जेट्किनले बहस सुरु गरिन्।

सन १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा उनले यो विषयलाई औपचारिक रुपमा प्रवेश गराइन्, जुन सम्मेलनमा १७ देशका १०० भन्दा बढी महिला नेतृहरुको सहभागीता रहेको थियो। जेट्किनको यो प्रस्तावमा सहभागी सबै राष्ट्रका महिलाहरुले सहमति जनाए।

सो सम्मेलनपछि पहिलो पटक सन १९११ मा अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डामा औपचारिक रुपमा नै मनाउन सुरु गरियो।
क्रमशः अन्य देशले पनि यस दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउन सुरु गरे। यो आ–आफनो देशअनुसार मनाउने चलन बढ्दै गयो।

सन १९१७ मा भएको युद्धकालीन आन्दोलनमा रुसी महिलाहरूले ‘रोटी र शान्ति’ को माग नगर्दासम्म यसले औपचारिकता पाएको थिएन।

सो आन्दोलनले महिला आन्दोलनलाई झनै उचाइमा लगिदियो। सो महिला आन्दोलनको चार दिनपछि रुसका तत्कालीन सम्राट पद त्याग्न बाध्य भए र त्यहाँको अस्थायी सरकारले महिलालाई मतदानको अधिकार दियो।

संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि मात्र बल्ल यसले विश्वभरका लागि आधिकारिक मान्यता पायो र राष्ट्र संघका सबै सदस्यले यसलाई संसारभर मनाउन थाले।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ६ : ५७ बजे

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको

चोलेन्द्रशम्शेर पक्राउबारे सरकारलाई जेन-जी अभियन्ताले भने- नाटक र नौटंकी बन्द गर्नुहोस्

काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना