धनकुटा–बन्चरे–ताम्लिङ सडक निर्माण तीव्र « Khabarhub

धनकुटा–बन्चरे–ताम्लिङ सडक निर्माण तीव्र


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धनकुटा – धनकुटा–बन्चरे–ताम्लिङ तीव्ररुपमा निर्माण भइरहेको छ । कोसी प्रदेश सरकारको रु ५६ करोडको लागतमा उक्त सडक निर्माण गरिँदै छ । सो सडकले धनकुटा र तेह्रथुमलाई जोड्ने छ ।

धनकुटा नगरपालिकाको बिहीबारे हटियाबाट तेह्रथुम जिल्ला जोड्ने ३० किलोमिटर सडकमध्ये हाललाई छथर जोरपाटी गाउँपालिकासम्मको २३ किलोमिटरमा कालोपत्रसमेत गर्न लागिएको छ । विसं २०७७ असारमा दुई बर्षभित्र सम्पन्न गर्ने गरी निर्माणको ठेक्का पाएको भिमेश्वर शर्मा जेभी काठमाडौँलाई एक वर्षको म्याद थप गरिएको छ ।

पूर्वाधार विकास कार्यालय, भोजपुरअन्तर्गतको उक्त सडकको झण्डै ७० प्रतिशत काम सकिएको फिल्ड कार्यालयका सव–इन्जिनियर बद्री ढुङ्गानाले जानकारी दिएका छन् ।

“कालोपत्र बाहेकको काम सकिने चरणमा छ”, उनले भने, “थपेको समय सीमाभित्र काम पूरा हुन्छ ।” हाललाई छथर जोरपाटी गाउँपालिका–४ ताम्लिङसम्म कालोपत्र गरिने उक्त सडक तेह्रथुमको छथर गाउँपालिकाको शुक्रबारे बजारसम्म जोड्ने योजना छ । सडक निर्माणपछि तेह्रथुम र धनकुटाको दक्षिणी भू–भागका नागरिकलाई सहज हुनेछ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ११ : ३३ बजे

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण

जेनजी आन्दोलनको एक वर्ष : शङ्कर पोखरेल भन्छन्- ‘घुसपैठ गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ’

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी