प्रत्यक्ष निर्वाचनमा महिलाका लागि निश्चित सिट आवश्यक  « Khabarhub

प्रत्यक्ष निर्वाचनमा महिलाका लागि निश्चित सिट आवश्यक 


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोसी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले प्रत्यक्ष निर्वाचनमा महिलाका लागि निश्चित सिटको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् । 

मन्त्रालयले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले महिलालाई संविधानले प्रदान गरेको अधिकार प्राप्त गर्नका लागि निर्वाचन क्षेत्र तथा आरक्षण क्षेत्र निर्धारण गर्न राजनीतिक दलमा दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए ।

 मन्त्री राजभण्डारीले समाजमा तल्लो तहमा प्रविधिमैत्री शिक्षा पहुँच पुर्‍याउन सके महिलाको समृद्धि र समग्र मुलुकको विकास हुने धारणा राखे । कार्यक्रममा कोसी प्रदेशका उपसभामुख सिर्जना दनुवारले शिक्षा, सीप र रोजगारीको माध्यमबाटै आजका महिलालाई नेतृत्व तहमा पुर्‍याउन सकिने धारणा राखे ।

विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले नगर क्षेत्रमा अहिले पनि ५० प्रतिशतभन्दा बढी महिला जन्मदर्ता र नागरिकताविहीन रहेकाले यसको समाधान हुनुपर्ने बताए । कार्यक्रममा मन्त्रालयका सचिव वासुदेव दाहाल, प्रदेशसभा सदस्य मीना श्रेष्ठ, मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, सीता शर्मा र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनाललगायतले महिलालाई प्रविधिमैत्री बनाइ अधिकतम आयआर्जन गर्ने बनाउन समाजका हरेक तप्का लाग्नुपर्नेमा जोड दिएका छन् ।

यसअघि मन्त्रालयले आज बिहान निकालेको प्रभातफेरीले नगरको मुख्य क्षेत्र परिक्रमा गरेको थियो । प्रभातफेरिमा मन्त्री भण्डारी, उपसभामुख दनुवार निजामती कर्मचारी, सशस्त्र र नेपाल प्रहरी, विद्यार्थी, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

सोही अवसरमा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई नगद पुरस्कार वितरण गरिएको थियो । 

 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  २ : २६ बजे

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण