प्रत्यक्ष निर्वाचनमा महिलाका लागि निश्चित सिट आवश्यक  « Khabarhub

प्रत्यक्ष निर्वाचनमा महिलाका लागि निश्चित सिट आवश्यक 


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोसी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले प्रत्यक्ष निर्वाचनमा महिलाका लागि निश्चित सिटको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् । 

मन्त्रालयले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले महिलालाई संविधानले प्रदान गरेको अधिकार प्राप्त गर्नका लागि निर्वाचन क्षेत्र तथा आरक्षण क्षेत्र निर्धारण गर्न राजनीतिक दलमा दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए ।

 मन्त्री राजभण्डारीले समाजमा तल्लो तहमा प्रविधिमैत्री शिक्षा पहुँच पुर्‍याउन सके महिलाको समृद्धि र समग्र मुलुकको विकास हुने धारणा राखे । कार्यक्रममा कोसी प्रदेशका उपसभामुख सिर्जना दनुवारले शिक्षा, सीप र रोजगारीको माध्यमबाटै आजका महिलालाई नेतृत्व तहमा पुर्‍याउन सकिने धारणा राखे ।

विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले नगर क्षेत्रमा अहिले पनि ५० प्रतिशतभन्दा बढी महिला जन्मदर्ता र नागरिकताविहीन रहेकाले यसको समाधान हुनुपर्ने बताए । कार्यक्रममा मन्त्रालयका सचिव वासुदेव दाहाल, प्रदेशसभा सदस्य मीना श्रेष्ठ, मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, सीता शर्मा र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनाललगायतले महिलालाई प्रविधिमैत्री बनाइ अधिकतम आयआर्जन गर्ने बनाउन समाजका हरेक तप्का लाग्नुपर्नेमा जोड दिएका छन् ।

यसअघि मन्त्रालयले आज बिहान निकालेको प्रभातफेरीले नगरको मुख्य क्षेत्र परिक्रमा गरेको थियो । प्रभातफेरिमा मन्त्री भण्डारी, उपसभामुख दनुवार निजामती कर्मचारी, सशस्त्र र नेपाल प्रहरी, विद्यार्थी, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

सोही अवसरमा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई नगद पुरस्कार वितरण गरिएको थियो । 

 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  २ : २६ बजे

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित

ओलीको स्थान हदबारे सरकारका प्रवक्ता भन्छन् : चुनावका सबै उल्झन हटाइन्छ

काठमाडौं- सरकारले फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण बनाउन

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको