कैलालीको अत्तरिया, गोदावरी क्षेत्रमा वन अतिक्रमण बढ्यो « Khabarhub

कैलालीको अत्तरिया, गोदावरी क्षेत्रमा वन अतिक्रमण बढ्यो


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– कैलालीको अत्तरिया, गोदावरी क्षेत्रमा जमिन अतिक्रमण बढेको छ । सडक किनारमा जमिन अतिक्रमण गरी बनेका टहरा भएका स्थानमा यतिबेला पक्की घर निर्माण हुन थालेका छन् । अत्तरियामा जनघनत्व बढेसँगै अतिक्रमण पनि बढेको स्थानीयको आरोप छ । 

कैलालीमा अत्तरिया क्षेत्रमा वन अतिक्रमण बढेको स्वीकार गर्दै धनगढी डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले  अतिक्रमण रोक्ने काम वन कार्यालय एक्लैको प्रयासले मात्र सम्भव नहुने बताए । ‘सो क्षेत्रमा वनको खाली जमिन अतिक्रमण गरिन थालिएको छ, यसलाई कसरी हटाउने भन्ने विषयमा योजना बनाइरहेका छौँ’, उनले भने, ‘छिट्टै कुन क्षेत्रमा कति वन अतिक्रमण भएको छ । सत्यतथ्य बाहिर ल्याउने छौँ ।’

सुदूरपश्चिम प्रदेश वन निर्देशनालयको तथ्यांकअनुसार कैलालीमा हालसम्म २१ हजार एक सय ५४ दशमलव ७७ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । देशभरमा एक लाख हेक्टर वनको क्षेत्रफल अतिक्रमणको चपेटामा परेको तथ्याङकका आधारमा यो २१ प्रतिशत हो । 

सुदूरपश्चिम प्रदेश सरकारले २०७५ सात असोज १२ गते तेघरी जंगलमा राजधानी तोकेलगत्तै यस क्षेत्र अतिक्रमणको उच्च चपेटामा पर्न थालेको हो । जिल्लाको गोदावरी नगरपालिका–३ गैरीगाउँमा रहेको नवज्योति सामुदायिक वनको खाली क्षेत्रमा जग्गा हडप्ने उद्देश्यसका साथ यतिबेला टहरा निर्माण भएको स्थानीयको आरोप छ । 

अतिक्रमण बढेसँगै सामुदायिक वनको क्षेत्रफल घट्दै गएको गोदावरी–३ खमौराका  पार्वती महराको भनाइ छ । गैह्रीगाउँ क्षेत्रमा जङ्गलको जमिन कब्जा गरेर बिक्री समेत भइसकेको आरोप लगाउँदै आफूहरूको विरोधको कुनै सुनवाई नभएको बताए । 

वनको क्षेत्रफल मासिँदै गएपछि एकतर्फ नदी कटानको जोखिम बढेको छ भने अर्कोतर्फ घाँस दाउराको समस्या हुन थालेको छ । नगरपालिकाले जग्गा नापीको काम अघि बढाउँदा अत्तरिया आसपासका सामुदायिक वन र सडक किनारका खाली जमिनमा अतिक्रमण बढेको स्थानीय टिकेश्वरी पनेरुको भनाइ छ । 

‘जग्गा नापीको काम भइरहेको बेला अतिक्रमणकारीले वन क्षेत्रमा कब्जा जमाउन थालेका छन्’, उनले भने। अत्तरियाको महेन्द्रनगर सडकमा रहेको गोदावरी खोला पारिको सडक किनार अतिक्रमण हुन थालेको छ । गोदावरी नगरपालिका–३ मा रहेको बडिमालिका सामुदायिक वनको तारबार गरिएको सीमा नजिकै सडक किनारको जमिन अतिक्रमणमा परेको छ । 

सुदूरपश्चिम प्रदेशको राजधानीस्थल तोकिएको तेघरी जङ्गल नजिकै रहेको हनुमान मन्दिरक्षेत्र, गोदावरी आर्यघाट जाने क्षेत्र, चुनेपानी, समाधि गडा, भ्यागुत्तेपानी, बाँसपानी, गाईमारा क्षेत्रमा बढी वन क्षेत्रमा पनि अतिक्रमण बढेको छ । 

 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  २ : ५१ बजे

तिलगङ्गामा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै

काठमाडौं- काठमाडौं महानगरपालिका–९ तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका

चीनमा मे दिवसका दिन दुई करोड ४८ लाख रेल यात्रुलाई सेवा प्रदान

बेइजिङ- चीनको रेलमार्गले मे दिवसमा दुई करोड ४८ लाख यात्रुलाई

तीन करोडभन्दा बढी लागतमा निर्मित ट्राफिक प्रहरी भवन उद्घाटन

काठमाडौं- जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) परिसरमा

दोलखामा अतिक्रमित क्षेत्र व्यवस्थापन गर्ने बहस सुरु

दोलखा- दोलखा जिल्लामा अतिक्रमण भएको सार्वजनिक जग्गा फिर्ता गर्ने सन्दर्भमा

बाढीले कमला नदीको ‘डाइभर्सन’ बगाएपछि हुलाकी राजमार्ग अवरुद्ध

सिरहा- निरन्तरको वर्षासँगै आएको बढीले सिरहा र धनुषा जोड्ने कमला