निर्णायक तहमा महिलालाई समान अवसर दिनुपर्नेमा सरोकारवालाको जोड « Khabarhub

निर्णायक तहमा महिलालाई समान अवसर दिनुपर्नेमा सरोकारवालाको जोड


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्णायक तहमा महिलालाई पनि समान अवसर र सहभागिता गराउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । एक सय १३ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आज जोरपाटीमा आयोजना गरेको ‘राष्ट्रको शान : महिला अधिकारको सम्मान’ विषयक विचार गोष्ठीका वक्ताले कानुनमा गरिएका समान अवसर र सहभागिताका व्यवस्था कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा सांसदद्वय सन्तोष चालिसे र शान्ति श्रेष्ठ, अख्तियार दूरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सुमित्रा अमात्य श्रेष्ठलगायतले महिला अधिकारका लागि समान अवसर र सहभागिता आधारभूत मान्यता भएकाले सोको कार्यान्वयन हुनुपर्ने बताइन्। समाजमा भ्रष्टाचारमुक्त  आचरणको विकासका लागि महिलाको भूमिका महत्वपूर्ण हुने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल, शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, गोकर्णेश्वर नगरपालिकाका पूर्व नगर उपप्रमुख शान्ति नेपाल, शान्ति समाजका पूर्वसभापति होमकान्त चौलागाईं, आचार्य महेन्द्र भट्टराईलगायतले महिलालाई समान अधिकारका लागि घर-घरबाट अभियान सुरु गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा शान्ति समाज काठमाडौँका सभापति भगवान पुडासैनी र सचिव प्रमोद फुँयालले जिल्ला शाखाले सबैको अधिकार सुनिश्चितताका लागि आवाज उठाउने गरेको जानकारी दिएका थिए । 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ४ : २४ बजे

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३। ठीक एक वर्षअघि यही दिन काठमाडौँका सडक

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट