निर्णायक तहमा महिलालाई समान अवसर दिनुपर्नेमा सरोकारवालाको जोड « Khabarhub

निर्णायक तहमा महिलालाई समान अवसर दिनुपर्नेमा सरोकारवालाको जोड


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्णायक तहमा महिलालाई पनि समान अवसर र सहभागिता गराउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । एक सय १३ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आज जोरपाटीमा आयोजना गरेको ‘राष्ट्रको शान : महिला अधिकारको सम्मान’ विषयक विचार गोष्ठीका वक्ताले कानुनमा गरिएका समान अवसर र सहभागिताका व्यवस्था कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा सांसदद्वय सन्तोष चालिसे र शान्ति श्रेष्ठ, अख्तियार दूरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सुमित्रा अमात्य श्रेष्ठलगायतले महिला अधिकारका लागि समान अवसर र सहभागिता आधारभूत मान्यता भएकाले सोको कार्यान्वयन हुनुपर्ने बताइन्। समाजमा भ्रष्टाचारमुक्त  आचरणको विकासका लागि महिलाको भूमिका महत्वपूर्ण हुने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल, शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, गोकर्णेश्वर नगरपालिकाका पूर्व नगर उपप्रमुख शान्ति नेपाल, शान्ति समाजका पूर्वसभापति होमकान्त चौलागाईं, आचार्य महेन्द्र भट्टराईलगायतले महिलालाई समान अधिकारका लागि घर-घरबाट अभियान सुरु गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा शान्ति समाज काठमाडौँका सभापति भगवान पुडासैनी र सचिव प्रमोद फुँयालले जिल्ला शाखाले सबैको अधिकार सुनिश्चितताका लागि आवाज उठाउने गरेको जानकारी दिएका थिए । 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ४ : २४ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले