अर्घाखाँची लिग : रोयल खाँचिकोट र इलाभेन व्रदर्श डिभर्ना विजयी « Khabarhub

अर्घाखाँची लिग : रोयल खाँचिकोट र इलाभेन व्रदर्श डिभर्ना विजयी


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा जारि चौथो संस्करणको अर्घाखाँची प्रिमियर लिगमा आज तेश्रो र चौथो चरणका खेलहरु सम्पन्न भएका छन् ।

प्रतियोगिताको दोस्रो अर्थात आज भएको पहिलो खेलमा रोयल सन्धिखर्कलाई पराजित गर्दै रायल खाँचिकोट विजयी भएको छ । टस हारेर पहिले व्याटिको निम्तो पाएको खाँचिकोटले १९ दशमलव १ ओभरमा सवै विकेट गुमाएर ८६ रन बनाएको थियो । ८७ रनको विजयी लक्ष्य पक्ष्याएको सन्धिखर्कले १७ औं ओभरमा सवै विकेट गुमाएर ६० रनमात्र बनाउन सक्यो ।

यस्तै प्रतियोगिताको तेस्रो अर्थात आजको दोस्रो खेलमा पुष्प वारियर्सलाई पराजित गर्दै इलाभेन व्रदर्श डिभर्ना विजयी भएको छ । १०० रनको विजयी लक्ष्य पछ्याएको पुष्प वारियर्स ७० रनमा अलआउट भएको हो ।

जिल्ला क्रिकेट संघ अर्घाखाँचीको आयोजनामा जारी प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले उद्घाटन गरेका थिए । प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार र द्वीतिय हुनेले ५१ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ८ : २० बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक