तातोपानी भन्सारका मजदुरले एक वर्षदेखि ज्याला पाएनन् « Khabarhub

तातोपानी भन्सारका मजदुरले एक वर्षदेखि ज्याला पाएनन्


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – तातोपानी भन्सारमा विभिन्न ट्रान्सपोर्टका लागि काम गर्ने मजदुरले एक वर्षदेखि ज्याला नपाउँदा दैनिक जीवन कष्टकर बनेको छ । चीनबाट ढुवानी गरेर आइपुगेका सामान भन्सार जाँचका लागि पल्टी गरेवापतको ज्याला नपाउँदा छ सय ४२ मजदुरलाई हात–मुख जोड्न नै समस्या भएको हो ।

दैनिक मजदुरी गरी खानेलाई सिल्क, शारदा, नमस्ते ट्रान्सपोर्ट, रेवाङ लजिस्टिकलगायतका ट्रान्सपोर्ट कम्पनीले सामान पल्टी गरेवापतको ज्याला नदिँदा दैनिक गुजारा गर्नै मुस्किल भएको मजदुर डोमा शेर्पा बताउनुहुन्छ । यहाँ काम गर्ने मजदुरको आफ्नो जग्गाजमिन छैन । सम्पूर्णरूपले ट्रान्सपोर्टको ज्याला मजदुरीमा निर्भर उनीहरू यही कामबाट परिवारको पेट पाल्छन् । पुरानो ज्याला पाइहालिन्छ कि भनेर अहिले पनि आफू दिनभर खटेर सामान ओसारपसार गरिरहेको तर साँझ रित्तो हात घर फर्किन बाध्य भएको मजदुर मीनबहादुर श्रेष्ठ दुःखेसो पोख्नुहुन्छ ।

अचेल तातोपानी नाकाबाट सामान आयातमात्रै हुन्छ । चीनबाट सीमित मात्रामा कन्टेनर भन्सारमा आउने हुँदा त्यसै पनि मजदुरहरूले भने जसरी काम गर्न पाएका छैनन् । दैनिक ज्याला मजदुरी गरी साँझ बिहानको घर खर्च जुटाउने मजदुरहरूको ज्याला दिन ट्रान्सपोर्ट कम्पनीले ढिलाइ गर्दा मजदुरहरूको दैनिक जीवन कष्टकर बनेको पासाङ शेर्पा बताउनुहुन्छ ।

ज्याला पाउने आश्वासनमा मजदुरहरूले वर्ष दिन बिताइसके । तर कम्पनीले कहिले ज्याला चुक्ता गर्छन् निश्चित छैन । दैनिक भन्सारमा आएर पसिना चुहाउँदै काम गर्ने तर साँझ रित्तो हात फर्किनुपर्ने बाध्यताको अन्त्य गराइदिन नेपाल भन्सार श्रमिक सङ्घका अध्यक्ष रवीन्द्र पौड्यालको माग छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १० : ०८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको