साउदी अरबसँग सम्बन्ध सामान्यीकरण गर्न इरान तयार « Khabarhub

साउदी अरबसँग सम्बन्ध सामान्यीकरण गर्न इरान तयार


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ऐजेन्सी – रियादले मङ्गलबार सौहार्दपूर्ण वार्ताबारे सकारात्मक सङ्केत पठाएपछि इरानले साउदी अरबसँग द्विपक्षीय सम्बन्ध सामान्यीकरणका लागि थप वार्ताको स्वागत गरेको जनाएको छ ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् ९एसएनएससी० सँग सम्बद्ध नूर न्यूजले एक ट्वीटमा भनेको छ, “इरान वार्ताको निरन्तरताको स्वागत गर्दछ र सम्झौतामा पुग्न तयार छ ।”

इरानी सञ्चारमाध्यमले भनेको छ, “साउदी अरबका विदेशमन्त्रीले इरानसँग पुनः वार्ताका लागि तयार रहेको घोषणा गर्नुभएको छ । पाँच चरणको वार्ताले चासोका विषयहरूलाई पूर्णरूपमा स्पष्ट पारेको छ ।”

साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले मङ्गलबार लण्डनमा पत्रकारहरूसँग कुरा गर्दै साउदी अरब इरानसँग वार्ताका लागि तयार रहेको बताउनुभएको थियो ।

साउदी अरबले सन् २०१६ को सुरुमा इरानस्थित साउदी कूटनीतिक नियोगमा एक शिया धर्मगुरुलाई मृत्युदण्ड दिएपछि भएको आक्रमणको प्रतिक्रियास्वरूप इरानसँग कूटनीतिक सम्बन्ध तोडेको थियो । द्विपक्षीय सम्बन्ध सुधार गर्न र क्षेत्रीय तनाव कम गर्न इराकको मध्यस्थतामा सन् २०२१ मा इरान र साउदी अरबबीच चार चरणको प्रत्यक्ष वार्ता आयोजना गरिएको थियो भने गत वर्ष अप्रिलमा पाँचौँ चरणको प्रत्यक्ष वार्ता आयोजना गरिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १० : २२ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारबाट कैदीबन्दीको सहयोग

चितवन– कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । 

जेन-जी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा

‘जेन-जी विद्रोह राजनीतिक संस्कार र शासन प्रणाली परिवर्तनका लागि थिय’

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गत भदौ २३

सरकारलाई सुशीलाको सन्देश : राजनीतिक स्थायित्व संसदीय गणितमा होइन, शासकको चरित्र र कार्यशैलीमा भर पर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा