खेतीयोग्य जमिन वर्गीकरण गरी उत्पादन बढाउँदै गाउँपालिका « Khabarhub

खेतीयोग्य जमिन वर्गीकरण गरी उत्पादन बढाउँदै गाउँपालिका


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – भौगोलिक विकटता र त्यसमाथि सिँचाइको सहज पहुँच नपुगेका उर्वर भूमि । जहाँ आलु, भाँगो र सिमी लटरम्मै फल्छन् । बागलुङको तमानखोला गाउँपालिका उच्च पहाड र डाँडाकाँडाले घेरिएको हुँदा कृषकलाई निकै समस्या छ । खानेपानीको मुहान निकै टाढाटाढा हुँदा सिँचाइको व्यवस्थापन गर्न पनि उत्तिकै कठिनाइ छ ।

सिँचाइका लागि भिर, कुना कन्दरा र पहरा फोरेर कुलो बनाउन सम्भावना नै देखिँदैन । यद्यपि कृषकले जसोतसो जीवनयापन गर्न खाद्य उत्पादन गर्दै आएका छन् । सिँचाइको व्यस्थापन गर्न समस्या भए पनि गाउँपालिकाले उत्पादनका आधारमा खेतीयोग्य जमिनलाई पकेट क्षेत्रका बनाइ उत्पादन बढाउनेतर्फ लागेको छ । गाउँपालिकाले पाँचवटै वडालाई पकेट क्षेत्रका रुपमा विस्तार गरेको छ ।

वडा नं ४ को लाम्मेलालाई आलु पकेट क्षेत्रका रुपमा घोषणा गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत उक्त वडालाई आलु पकेट क्षेत्र घोषणा गरेर कृषकलाई आधुनिक उपकरण, उन्नत जातका बीउ वितरण गरी साना सिँचाइ परियोजनासमेत सञ्चालन गर्न योजना अगाडि बढाएको गाउँपालिकाका कृषि शाखा प्राविधिक सन्देश पराजुलीले बताए ।

तमान गाउँका तीन सय ५० बढी घरका कृषकले आलु उत्पादन गर्दै आएका छन् । लामो समयदेखि परम्परागतरुपमा आलु उत्पादन गर्दै आएका यहाँका स्थानीयलाई पकेट क्षेत्र घोषणा गरेर अनुदान प्रदान गर्ने र व्यावसायिक बनाउनेतर्फ गाउँपालिका लागेको उनको भनाइ छ । लाम्मेलाका हरेक कृषकले वार्षिक न्यूनतम ५०० किलोदेखि तीन हजार किलोसम्म आलु उत्पादन गर्दै आएको कृषि शाखाले जनाएको छ ।

पालिकाले लाम्मेलासँगै वडा नं ६ को नर्जाखानी, वडा नं २ को मुठाचौरलगायतका ठाउँलाई पनि आलु पकेट क्षेत्र विस्तार गरेको छ । यी वडाबाहेक आलु उत्पादन हुँदै आएका अन्य क्षेत्रमा पनि आधुनिक तरिकाले खेती गर्ने गाउँपालिकाले जनाएको छ ।

यस वर्ष नयाँ पकेट क्षेत्रका लागि १० लाख र पुरानोलाई निरन्तरता दिन पाँच लाख गरी १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए।

कृषकलाई आवश्यक बीउबिजन, तालिम तथा परामर्शसँगै प्रविधिसँग जोड्न थालेको अध्यक्ष बुढामगर बताए । खेतीयोग्य जमिनको वर्गीकरण गरी कृषकलाई अनुदानसँगै सिँचाइको व्यवस्थापन गर्न गाउँपालिकाले दीर्घकालीन योजना बनाएर लागेको उनको भनाइ छ ।

अध्यक्ष बुढामगरले भने, “गाउँपालिकाको आर्थिक उपार्जनको माध्यम नै कृषि हो, कृषकलाई व्यावसायिक र आधुनिक प्रविधिसँग जोडेर उत्पादन बढाउने गरी कामको थालनी गरेका छौैँ, यहाँ मुख्यतः कृषि र पशुपालन गर्ने कृषक धेरै छन्, पालिकाले पनि सोहीअनुसार बजेट विनियोजन गर्दै आएको छ, जहाँ जुन चिज उत्पादन हुन्छ, माटो र हावापानीअनुसार बालीनाली लगाउन कृषकलाई प्रेरित गरेका छौँ ।”

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १० : ५३ बजे

एनसेल फाउन्डेसनले १०० विद्यार्थीलाई ‘एसईई छात्रवृत्ति’ दिने

काठमाडौँ – एनसेल फाउन्डेसनले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)

खानीडाँडा-थामर्खक सडकमा कालोपत्र सुरु

खोटाङ– खानीडाँडा विमानस्थलदेखि–याम्खा–रातमाटा–पञ्चमीबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय हुँदै थामर्खक जोड्ने

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने

मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दै

काठमाडौँ – मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारका

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

भक्तपुर– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम