भारततर्फ मदिरा तस्करी गर्ने दुई जना पक्राउ « Khabarhub

भारततर्फ मदिरा तस्करी गर्ने दुई जना पक्राउ


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– भारतको विहारमा मदिरा प्रतिबन्ध रहेको अवस्थामा महोत्तरीको मनरासिश्वा नगरपालिकाबाट भारततर्फ मदिरा तस्करी गर्न लागिएको अवस्थामा गएराति प्रहरीले दुई जनासहित चार मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार मनरासिश्वा–१० स्थित नेपाल–भारत सीमा नजिकै भारतीय नम्बरका चार मोटरसाइकलको पछाडि ११ कार्टुन मदिरा बाँधेर नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । 

सोही क्रममा दुई जना प्रहरीलाई देखेर मोटरसाइकल र मदिरा छाडेर भाग्न सफल भएका थिए । बीआर ०३ के ५४३३, बीआर ३०भी ८०९५, बीआर ०६ एडब्लु ८९१७ र बीआर ३० आर ०४३४ नम्बरका मोटरसाइकल र मदिरासहित नियन्त्रणमा लिइएको हो । बरामद मोटरसाइकल र मदिरा रु तीन लाख २९ हजार नौ सय बराबरको रहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका व्यक्तिसहित मोटरसाइकल र मदिरा आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ । 

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  १२ : ५८ बजे

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका

उफ् ! फिल्म पनि कति फ्लप भएका ?

काठमाडौं-फिल्म चलेनन् पनि के भन्नु ? गनिएका, मानिएका, कहलिएका, हेन्डसम,