बाँदरले सास्ती दिएपछि दिनभर मकैबारी रुँग्दै वडाध्यक्ष | Khabarhub Khabarhub

बाँदरले सास्ती दिएपछि दिनभर मकैबारी रुँग्दै वडाध्यक्ष


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतको कुश्मा नगरपालिका–९ का वडाध्यक्ष राम शर्मा लामिछाने हरेक महिनाको १५ गते र ३० गते वडा कार्यालयमा भेटिँदैनन् । उनी बिरामी भएर वा अन्यत्र गएर वडा कार्यालय नगएका होइनन् । हरेक महिनाको दुई दिन लामिछाने खेतबारी रुँगेर बस्छन् । यसको कारण हो बाँदर आतंक । 

लामिछाने मात्र हैन कुश्मा नगपालिका–९ का १५ परिवारको एउटै फाँट रहेको छ । ती फाँटमा लगाइएका मकै जोगाउन वडाध्यक्षलगायत १५ जनाले आलोपालो गरेर मकै जोगाउने गरेका छन् । वडाको कामसँगै खेतबारीमा लगाएको मकै, बोडी, सिमी पनि जोगाउनुपरेको अध्यक्ष लामिछानेको भनाइ छ । 

खेतबारीमा मकैले भर्खरै घोगा हाल्दै गरेका छन् तर किसानलाई भने ती घोगा जोगाएर घर भित्र्याउन पाइने हो कि होइन भन्ने चिन्ता छ । आफूले भन्दा पहिल्यै बाँदरले मकै खाला भन्ने डर भएपछि खेतबारीमै छाप्रो हालिएको छ, जहाँ प्रत्येक दिन गाउँका कोही न कोही हेरालु बस्नुपर्ने बाध्यता परेपछि आफूसमेत महिनामा दुई दिन खेतबारी रुँगेर बस्ने गरेको उनको भनाइ छ ।

त्यस्तै पत्रकार राजबाबु पिसीले आफू पनि महिनाको दुई दिन बाँदर धपाउने पालोमा खेतबारी कुरेर बस्नुपर्ने बताउँछन् । महिनाको दुई दिन पत्रकारिताको काम छाडेर खेतबारीमा बाँदर धपाउनुपर्ने बाध्यता रहेको उनले बताए । 

खेतबारीमा लगाएका बाली जोगाउन कटुवा चौपारीवासीलाई हम्मेहम्मे परेको छ । करिब साढे दुई सय रोपनीमा मकै लगाइएको छ । मकैले घोगा हाल्दै छन्, बाँदर भने दैनिकजसो खेतबारीको आसपासमा आउन थालेका छन् । बाँदर आतङ्क बढेपछि कटुवा चौपारीवासी पालो नै छुट्याएर बाँदर धपाउन लागिपरेका छन् । कुश्मा नगरपालिका–९ कटुवाचौपारीका वडाध्यक्ष लामिछानेले गाउँले बाँदरबाट बाली जोगाउन पालो लगाएर खेतबारीमै बस्न थालेको बताए ।

सो क्षेत्रमा बाँदर आतङ्क नयाँ भने होइन । विगत  वर्षमा पनि बाँदरले बालीनाली नष्ट गर्ने गरेको वडाध्यक्ष लामिछाने बताउँछन् । ‘यसअघि पनि बाँदरले बाली खाइदिन्थ्यो, बाँदरबाट जोगाउन धेरै कोसिस गरियो तर, नसकेपछि यसपालि पालो गरेर खेतबारीमै बसे गरेका छौँ’, उनले भने, ‘बाँदर आएपछि कराउने हल्ला गर्ने अनि बाँदर भाग्छ, त्यसरी बालीनाली जोगाउन सकिन्छ ।’

बाँदरबाट बालीनाली जोगाउन खेतबारीमा छाप्रो बनाइएको छ । पालो परेको व्यक्ति सोही छाप्रोमा आएर बस्ने र बाँदर आएपछि सङ्केत गर्ने गरिन्छ । ‘हामी खेतबारीको छेउमा सानो छाप्रो बनाएका छौँ । सबैको पालो लगाएका छौँ, कसले कति गते पालो परेको छ, त्यतिअनुसार छाप्रोमा बसिन्छ र बाँदर आयो भने त्यहाँबाट सङ्केत गरिन्छ, सङ्केत पाउने बित्तिकै सानो झुन्ड रैछ भने आफैँ धपाउँछन्, ठूलै भुन्ड रैछ भने सबै गाउँले गएर धपाउँछौँ’, वडाध्यक्ष लामिछानेले भने, ‘७० घरको खेती यसरी नै जोगाउँछौँ ।’ बाँदर धपाउने कृत्रिम उपाय अपनाए पनि नभागेपछि उक्त उपाय अपनाएको वडाध्यक्ष लामिछाने बताउँनुभयो । 

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ११ : ०४ बजे

रुट र बुमराह ब्याटिङ र बलिङ वरीयताको शीर्ष स्थानमा

काठमाडौं – टेस्ट वरीयतामा ब्याटिङतर्फ इंग्ल्यान्डका जोए रुट तथा बलरमा

भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो

चितवन – भरतपुर महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा खर्च र आम्दानी

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

वीरगञ्ज– बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित  प्रेस्टिज कार्पेट इन्डस्ट्रिजले आफ्ना उत्पादन

ट्रम्पलाई नसा सम्बन्धी समस्या

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रगतको नसा सम्बन्धी क्रोनिक

तनहुँका किसानलाई दूधमा अनुदानबापत ९७ लाख वितरण

दमौली – भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुग्ध