बैतडीमा ९० प्रतिशत रोपाइँ सम्पन्न « Khabarhub

बैतडीमा ९० प्रतिशत रोपाइँ सम्पन्न


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा हालसम्म ९० प्रतिशत धान रोपाइँ भएको छ । असार पहिलो हप्तासम्म वर्षा नहुँदा रोपाइँ हुन नसकेकोमा त्यसपछि धमाधम रोपाइँ भएको हो ।

कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीका अनुसार सिँचाइको सुविधा भएको ठाउँमा वर्षाअघि रोपाइँ सम्पन्न भएको भए पनि र आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा वर्षापछि रोपाइँ भइरहेको छ ।

उनले भने, ‘वर्षमा तीन खेती गर्ने बेँसीतिर रोपाइँ गर्न बाँकी रहेको र केही अन्य स्थानमा पछि बाँकी रहेको छ । यो महिनाको अन्तिमसम्म सबै सकन्छि ।’

जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ । वर्षा भएपछि रोपाइँ गर्न सहज भएको बैतडीको दोगडाकेदार ३ श्रीकोटका किसान वीरसिंह विष्टले बताए । उनले भने, ‘सबै रोपाइँमा व्यस्त छौँ । वर्षा नहुँदा यसअघि रोपाइँ गर्न सकिएको थिएन, हाल रोपाइँको चटारो परेको छ ।’

पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरालाई धानखेतीको पकेट क्षेत्र हुन् । बैतडीमा नौ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ८ : ०४ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,