ठेक्का लगाएको नौ वर्षसम्म पनि बनेन मोटरेवल पुल « Khabarhub

ठेक्का लगाएको नौ वर्षसम्म पनि बनेन मोटरेवल पुल


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको चुमखोला जोड्ने बुटार मोटरेवल पुल ठेक्का लगाएको नौ वर्षसम्म पनि निर्माण हुन सकेको छैन ।

कूल १७ करोड ४६ लाखमा पुल निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रकसनले पुल निर्माणको काम अलपत्र पारेर छोडेको हो ।

अहिलेसम्म पुल निर्माणको करिब ११ प्रतिशत मात्र भौतिक प्रगतिको काम भएको ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयका सूचना अधिकारी आस्था देवकोटाले जानकारी दिए । ठेकेदार कम्पनीले पुलको दुवैतर्फ पिल्लर मात्रै उठाएर मात्र लामो समयदेखि छाडेको छ ।

आयोजना कार्यालयले काम छिटो गर्न पटक–पटक भनेपनि ठेकेदार कम्पनीले अटेरी गरेपछि पुल निर्माणको रोकिएको हो । निर्माण सुरु भएको लामो समयसम्म पनि काम अघि नबढेपछि आयोजना कार्यालयले कम्पनीसँग ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का सम्झौताका लागि प्रक्रिया अघि बढाएको देवकोटाले बताइन् ।

‘कम्पनीले काम नगरेपछि ठेक्का तोडेर नयाँ ठेक्का लगाउन बोलपत्र निकालिएको हो’, देवकोटाले भनिन्, ‘अब नयाँ ठेक्का सम्झौता गरेर रोकिएको पुल निर्माणको काम अघि बढाउने तयारी भइरहेको छ ।’

पप्पु कन्ट्रक्सन आयोजना कम्पनीसँग २०७४ पुस २९ गतेसम्ममा पुल निर्माणको काम सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

उनले पुरानो ठेक्का रद्द गरेपछि आयोजना कार्यालयले ३१ करोड ६३ लाख ९७ हजार ७ सय अनुमानित लागतमा पुल निर्माणको नयाँ ठेक्का सम्झौता गर्नका लागि बोलपत्र आह्वान गरेको बताइन् । उक्त पुल एकसय ५१ मिटर लम्बाइको हुने सूचना अधिकारी देवकोटाको भनाइ छ ।

पहिलो पटकको ठेक्का सम्झौतापछि विसं २०७१ असार २९ गते तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उक्त पुलको शिलान्यास गरेका थिए । पुल निर्माण नहुँदा गोरखाको गण्डकी गाउँपालिका र सहिद लखन गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिकाका नागरिकले वर्षौंदेखि सास्ती खेप्दै आउनुपरेको छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  १० : १० बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि