एसईईको ‘ग्रेडवृद्धि’ परीक्षा साउन २६ र २७ गते (सूचनासहित) « Khabarhub

एसईईको ‘ग्रेडवृद्धि’ परीक्षा साउन २६ र २७ गते (सूचनासहित)


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते हुने भएको छ। 

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज एक सूचना जारी गर्दै ग्रेडवृद्धि परीक्षाको तालिका प्रकाशित गरेको हो ।

बोर्डले अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विद्यार्थीले बढीमा दुई विषयसम्म तथा अनुपस्थित रहेका परीक्षार्थीले पनि दुई विषयमा पूरक परीक्षा दिने पाउने जनाएको छ।

परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन्। एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिनको परीक्षा दिनुपर्नेछ।

परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।  

ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय इकाइमा पेस गर्नुपर्नेछ।

गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालित एसईई परीक्षाको नतिजा गत बिहीबार प्रकाशित भएको थियो ।

 

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ११ : ४६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र