ओखलढुंगामा मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते | Khabarhub Khabarhub

ओखलढुंगामा मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा-  ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन्। शनिबार बिहान करिब साँढे १० बजेतिर स ७ प ८६८४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक मानेभञ्ज्याङ गाउँपालिका ५ का ३५ वर्षीय उत्तम राई र मोटरसाइकलको पछाडि बसेका सोही स्थानका ३९ वर्षका दान बहादुर श्रेष्ठ घाइते भएका छन्। उनीहरूको टाउको र अनुहारलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

मानेभञ्ज्याङ गाउँपालिका ५ को हिट्टी भन्ने स्थानको दक्षिण तर्फबाट उत्तर तर्फ आउने क्रममा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देबेन्द्र दासले जानकारी दिए।

घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु,ओखलढुंगा पठाइएको छ। हाल उनीहरूको उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयओखलढुंगाले जनाएको छ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  १ : ३२ बजे

सुरु भयो सुकिला नोट वितरण (तस्बिरहरू)

काठमाडौं– नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ । 

परिसरमा टेन्ट टाँगेर सर्वोच्च अदालतले थाल्यो सेवा (तस्बिरहरू)

काठमाडौं– सर्वोच्च अदालतले आइतबारबाट आफ्नो सेवा पुनः सुरु गरेको छ

‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ दशैँमै प्रदर्शनमा ल्याइने

काठमाडौं – फिल्महरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ पूर्वनिर्धारित मिति

सोमबारदेखि फिल्म हल खुलाउने तयारी

काठमाडौं – जेन–जी आन्दोलनका कारण मंगलबारदेखि बन्द भएका फिल्महरु पुनः

स्वास्थ्य मन्त्रालयले एनएचआरसीको नयाँ भवनबाट सेवा दिने

काठमाडौं– रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले