सडक विस्तारमा अवरोध नपुर्‍याउन हेटौँडाकी नगरप्रमुखको आग्रह « Khabarhub

सडक विस्तारमा अवरोध नपुर्‍याउन हेटौँडाकी नगरप्रमुखको आग्रह


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले सडक विस्तारमा अवरोध नपुर्‍याउन आग्रह गरेकी छिन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजारमा पर्ने सडक विस्तार गरेरै छाड्ने उनको भनाइ छ ।

बागमती प्रदेशको राजधानी रहेको हेटौँडामा बढ्दो सवारी चाप र साँघुरो सडकका कारण बजार व्यवस्थापनमा समस्या हुने गरेको उनले बताइन् । हाल सडकको दायाँ बायाँ २५ गज सडक बिस्तार गर्न लागिएको छ ।

सर्वोच्च अदालतले सडक विस्तार गर्ने गरी फैसला गरेको भन्दै उपप्रमुख लामाले फैसला कार्यान्वयन हुने बताइन् ।

“सडक साँघुरो भएकाले दुर्घटना बढिरहेका छन्, ट्राफिक व्यवस्थापनमा पनि कठिनाइ भइरहेको छ”, उनले भनिन्, “सडकका कारण हामीले गरेका राम्रा काम छाँयामा परेको अवस्था छ ।”

उनले सडक विस्तार नगर्न धम्की आएको बताउँदै सबैले सडक बिस्तारका लागि सहयोग गर्न आग्रह गरिन् ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ६ : १० बजे

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान- इरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको

‘आज मसँग न पैसा छ, न बैङ्क ब्यालेन्स’, बालगायक अशोक दर्जी भन्छन्, ‘धेरै थाकिसकेँ’

काठमाडौं- कुनै समय सडकमा गीत गाउँदै हिँड्ने बालकका रूपमा नेपाली