समाजवादी मोर्चा संयोजनको जिम्मा माधव नेपाललाई | Khabarhub Khabarhub

समाजवादी मोर्चा संयोजनको जिम्मा माधव नेपाललाई


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समाजवादी मोर्चा नेपालको संयोजकको जिम्मा माधव नेपालले पाएका छन्। यसका साथै आगामी नीति र आचारसंहिता बनाउनका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलले बैठकको अध्यक्षताको मोडालिटी, मार्चाको आगामी नीति तथा कार्यक्रम र आचारस‌ंहिता बनाउने छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपा नेता खड्गबहादुर विश्वकर्मा कार्यदलका सदस्य रहेका छन् ।

कार्यदलले मोर्चाको अर्को बैठकले अध्यक्षताका सन्दर्भमा मोडालिटी नबनाउँदासम्म नेकपा एसका अध्यक्ष नेपालले बैठकको अध्यक्षता गर्ने छन् ।

मोर्चा गठन भएको २३ दिनपछि बसेको बैठकले सातै प्रदेशमा कार्यक्रम गर्ने भएको छ । २७ गते कार्यक्रमको मिति घोषणा हुने छ । ६–६ महिनामा अध्यक्ष गर्ने व्यक्ति परिवर्तन हुने नीति २७ गतेको बैठकले तय गर्ने बताइएको छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ६ : ५५ बजे

सामाजिक सञ्जालको सदुपयोग गरेर क्षमता प्रदर्शन गरौँ : डिना उपाध्याय 

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायले मोबाइल र सामाजिक सञ्जालको

रुसी आक्रमणपछि ट्रम्पले गरे नयाँ प्रतिबन्धको संकेत

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रूसद्वारा हालै गरिएको

मौरिस हर्गोज पदमार्गमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने म्याग्दीको मौरिस हर्जोग पदमार्गमा

नयाँ दलले देशमा केही भएन भनेर गलत भाष्य निर्माण गर्न खोजे : गोविन्द भट्टराई  

काठमाडौं– नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले नयाँ राजनीतिक दलहरूले देशलाई

क्याम्बोडियामा हवाई यातायात विस्तारसँगै यात्रु आगमन बढ्यो

एजेन्सी – क्याम्बोडियाले सन् २०२५ को पहिलो छ महिनामा कुल