छात्रवृत्ति उपलब्ध गराउन एनप्याब्सन र हिसानबीच सम्झौता « Khabarhub

छात्रवृत्ति उपलब्ध गराउन एनप्याब्सन र हिसानबीच सम्झौता


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) भक्तपुर र उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) बीच छात्रवृत्ति उपलब्ध गराउने विषयमा सहमति भएको छ ।

एनप्याब्सनसँग आबद्धता भएका भक्तपुरका विद्यालयबाट एसइई उत्तीर्ण गर्ने विद्यार्थीलाई कक्षा ११ मा हिसानले ५० प्रतिशत छात्रवृत्ति दिने सहमति भएको हो । यसका लागि हिसान भक्तपुरका अध्यक्ष अनिल कसपाल र एनप्याब्सन भक्तपुुरका अध्यक्ष सञ्जय खड्काबीच सम्झौता भएको छ । आज एनप्याब्सन भक्तपुर र हिसान भक्तपुरबीच छात्रवृत्ति योजना सार्वजनिकीकरण गरी उक्त जानकारी दिइयो ।

हिसान भक्तपुर र निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९प्याब्सन० भक्तपुरबीच पनि हिजो छात्रवृत्ति उपलब्ध गराउने विषयमा सहमति भएको थियो ।

हिसान भक्तपुर १२ विद्यालय आबद्ध छन् । सहमति अनुसार विद्यार्थीले भर्ना हुँदा वार्षिक शुल्कमा ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् । सम्झौतामा एनप्याब्सनमा आबद्ध रहेका विद्यालयका प्रिन्सिपलको सिफारिस, विद्यार्थीको प्राप्त ग्रेड, प्रवेश परीक्षाको नतिजाका आधारमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई हिसान सदस्य विद्यालय एवं कलेजले न्यूनतम ५० प्रतिशत छात्रवृत्ति र थप छुट तथा सहुलियत दिने उल्लेख छ ।

साथै दुई संस्थाले अध्ययनरत विद्यार्थीको व्यक्तित्व विकास, अध्यापनरत शिक्षकहरूको सीप अभिवृद्धि तथा समग्र शैक्षिक गुणस्तर अभिवृद्धि हुने शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्दै जाने सम्झौता भएको छ । त्यस्तै भक्तपुरका विद्यार्थीलाई भक्तपुरमा नै कक्षा ११ र १२ पढ्ने वातावरण बनाउन निर्माण गर्न तथा उच्च शिक्षा अध्ययनका लागि संयुक्तरूपमा कार्यक्रम गर्दै जाने पनि सहमति भएको छ ।

कार्यक्रममा हिसान भक्तपुरका अध्यक्ष अनिल कसपालले भक्तपुरका विद्यार्थीलाई भक्तपुरमै अध्ययनको वातावरण बनाउन प्याब्सन र एनप्याब्सनसँग ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्नेबारेमा सम्झौता भएको बताए । त्यसबाहेक राज्यले तोकेको १० प्रतिशत छात्रवृत्ति पनि उपलबध गराउने उनको भनाइ थियो ।

एनप्याब्सनका अध्यक्ष सञ्जय खड्काले हिसानसँग भएको ५० प्रतिशत छात्रवृत्तिको सम्झौताले हरेक वर्ष निरन्तरता पाउनुपर्ने बताए । उनले सम्झौताले एनप्याब्सनमा आबद्ध २७ वटा विद्यालयका विद्यार्थी र उनीहरुका अभिभावकलाई भक्तपुरकै विद्यालयमा पढ्न प्रेरित गरेको बताए । उनले यहाँका उच्च शिक्षा अध्यापन गराउने विद्यालय एवं कलेजले प्रविधिमैत्री शिक्षा, नवीनतम् सुविधा, पढाइसँगै अतिरिक्त क्रियाकलाप गर्दै जानुपर्ने औँल्याए ।

खड्काले भक्तपुरलाई उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा विकास गर्न एक आपसमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताए । एनव्याब्सनका केन्द्रीय सहकोषाध्यक्ष विक्रम धुकुछुले भक्तपुरमै उत्कृष्ट शैक्षिक गन्तव्य छ भने किन अनन्त्र खोज्नु भन्ने कुरा बुझाउनु आवश्यक रहेको औँल्याए ।

हिसानका सदस्य एवं प्याब्सन मध्यपुरका अध्यक्ष निलेश आचार्यले भक्तपुरका कलेजमा सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोकका विद्यार्थीमात्रै नभई भक्तपुरका विद्यार्थीले पनि अध्ययन गर्ने गरी ग्रासरुटबाटै यहाँका कलेज राम्रा छन् भनेर प्रचार गर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ७ : ४३ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय