भरतपुर अस्पतालमा बिरामीको सङ्ख्या बढ्यो « Khabarhub

भरतपुर अस्पतालमा बिरामीको सङ्ख्या बढ्यो


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– स्वास्थ्य बीमाको पहिलो विन्दु यहाँको भरतपुर अस्पताल भएसँगै उपचारमा आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । बहिरङ्ग सेवामा आउने बिरामीहरूमध्ये ७० प्रतिशत स्वास्थ्य बीमामार्फत आउने गरेका छन् ।

अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका संयोजक लिलाधर पौडेलका अनुसार हाल दुई हजारदेखि दुई हजार दुई सय जना बिरामी अस्पतालको बहिरङ्ग सेवामा आउने गर्छन् । अस्पतालमा चितवनबाहेक गोरखा, तनहुँ, लमजुङ, मकवानपुर, पूर्वी नवलपरासीलगायतका जिल्लाबाट बीमाका बिरामी उपचारका लागि आउने गरेको उनले जानकारी दिए।

विगतमा दैनिक एक हजार पाँच सय मात्रै बिरामी आउने गरेकोमा पछिल्ला दिनहरूमा यो सङ्ख्या बढ्दै गएको छ । निजी अस्पतालमा स्वास्थ्य बीमाबाट उपचार नपाइने भएपछि बिरामी यही आउने गरेका छन् ।

उनले भने, ‘भरतपुर अस्पताल पुरानो, विश्वासिलो र यहाँ विशेषज्ञ चिकित्सकीय सेवा पाइने भएकाले बिरामी सेवाप्रति आकर्षित भएका हुन् ।’ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पतालका सबै स्वास्थ्यकर्मी, कर्मचारी र विशेष गरेर बीमा शाखामा कार्यरत कर्मचारीबाट भएका मेहिनतका कारण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न सफल भएको बताए। उनले भने, ‘यहाँ बिरामीको आकर्षण बढ्नुमा सेवाप्रदायक चिकित्सक, नर्स र कर्मचारीको भूमिका महत्त्वपूर्ण छ ।’

उनले अस्पतालको बीमा कार्यक्रम उत्कृष्ट रहेको भन्दै दाबी भुक्तानीमा समस्या नभएको बताए। बीमामा भरतपुर अस्पतालले राम्रो गर्न सकेको उनको भनाइ  छ । उनले सकेसम्म बिरामीलाई कसरी सहजता दिलाउन सकिन्छ भनेर आफूहरू लागि परेको बताए।

अस्पतालका अध्यक्ष राजु पौडेलले अस्पतालमा आउने बिरामीको सङ्ख्या यहाँको सेवामा सुधार भएसँगै बढ्दो क्रममा रहेको बताए। बिरामी बढेपछि अस्पतालमा उपकरण र जनशक्ति व्यवस्थापनमा चुनौती थपिएको भन्दै उनले भने, ‘हामीसँग कम जनशक्ति र उपकरण सीमित हुँदा बिरामीलाई भनेको समयमा सेवा दिन पाइरहेका छैनौँ ।’

अस्पतालमा बिरामीको चापअनुसार जनशक्ति व्यवस्थापन र आवश्यक उपकरण खरिद गर्नुपर्ने देखिएपछि अस्पतालले पहिलोपटक वार्षिक कार्ययोजना बनाएको उनले जानकारी दिए। ‘कार्ययोजनामा बिरामी र चिकित्सक-नर्स र कर्मचारीको अनुपात मिलाउनेदेखि आवश्यक उपकरण खरिदसम्मको योजना बनाइएको छ’, अध्यक्ष पौडेलको भनाइ छ । उनले हालसालै केन्द्र सरकारसँग पहल गरी एमआरआई मेसिन खरिद सुनिश्चित गरिएको, अस्पतालमा पुराना मेसिनहरु मर्मत गरिएको, नयाँ केही मेसिन थपिएको तथा केही थपिने क्रममा रहेको, प्रयोगशाला रिपोर्टहरू छिट्टै दिने व्यवस्थाजस्ता सुधारका काम गरिएको बताए।

उनका अनुसार अस्पतालको भौतिक पक्ष मात्रै नभई कर्मचारी व्यवस्थापन र सेवा सुविधामा पनि जोड दिइएको छ । अतिरिक्त समयमा सेवा दिने कर्मचारीलाई ४० प्रतिशतसम्म भत्ताको व्यवस्था गर्नुका साथै बीमा बोर्डबाट आउने रकममध्ये १० प्रतिशत अस्पताल विकास समिति र सरकारी कर्मचारीले पाउने गरी निर्णय भएको अध्यक्ष पौडेलले जानकारी दिए।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ६ : ५४ बजे

थापाथलीका सुकुमबासी बस्ती खाली, ६ परिवार दशरथ रंगशालामा स्थानान्तरण

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका

पदको रवाफ देखाउने सांसदलाई कारबाही हुनुपर्छ : महावीर पुन

काठमाडौँ– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले सांसदहरू जनताको सेवक भएको

स्वास्थ्य मन्त्रालयमा ११औँ तहका उच्च अधिकारीको हेरफेर, प्रवक्तामा यसोदा अर्याल नियुक्त

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका एघारौँ तहका अधिकृतहरुको

नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

काठमाडौँ– बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल–बङ्गलादेश सम्बन्ध