वीरेन्द्रनगर नगरपालिकाद्वारा भूकम्प प्रभावितलाई २६ लाख सहयोग « Khabarhub

वीरेन्द्रनगर नगरपालिकाद्वारा भूकम्प प्रभावितलाई २६ लाख सहयोग


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भेरीगङ्गा – वीरेन्द्रनगर नगरपालिकाले जाजरकोटका भूकम्पपीडितलाई राहतस्वरुप रु २६ लाख रकम सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले रु २६ लाख रकम सहयोग गर्ने भएको हो ।

वीरेन्द्रनगर नगर कार्यपालिकाको बैठकले नगरपालिकाको १६ वटै वडाको वडा विपद् कोषबाट रु एक–एक लाख १६ लाख र नगरपालिकाकातर्फबाट रु १० लाख गरी जम्मा रु २६ लाख सहयोग गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख मोहनमाया ढकालले विपद् कोषमा भएको रकममध्ये पालिकाभित्रका १६ वटा वडा र नगरपालिकाको गरी जम्मा रु २६ लाख भूकम्प प्रभावितको पुनःस्थापना कोषमा सहयोग गरिने बताए ।

वीरेन्द्रनगर नगरपालिकाले भूकम्पपीडित परिवारका बालबालिका वीरेन्द्रनगरको सामुदायिक विद्यालयमा अध्यनरत भएकालाई र नगरपालिकाभित्र अध्ययन गर्न चाहनेका लागि नगर शिक्षा विकास कोषमार्फत निःशुल्क अध्ययन व्यवस्थापन गर्ने भएको छ ।

यसैबीच दैलेखको डुङ्गेश्वर गाउँपालिकाले पनि भूकम्पपीडितलाई रु ५० हजार राहत सहयोग गर्ने बताएको छ । सानो भए पनि भूकम्पपीडितको घाउमा मल्हम लगाउन रु ५० हजार राहत रकम दिने निर्णय भएको गाउँपालिका अध्यक्ष सुन्दरकुमार केसीले जानकारी दिए ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ८ : ३७ बजे

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई