वीरेन्द्रनगर नगरपालिकाद्वारा भूकम्प प्रभावितलाई २६ लाख सहयोग « Khabarhub

वीरेन्द्रनगर नगरपालिकाद्वारा भूकम्प प्रभावितलाई २६ लाख सहयोग


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भेरीगङ्गा – वीरेन्द्रनगर नगरपालिकाले जाजरकोटका भूकम्पपीडितलाई राहतस्वरुप रु २६ लाख रकम सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले रु २६ लाख रकम सहयोग गर्ने भएको हो ।

वीरेन्द्रनगर नगर कार्यपालिकाको बैठकले नगरपालिकाको १६ वटै वडाको वडा विपद् कोषबाट रु एक–एक लाख १६ लाख र नगरपालिकाकातर्फबाट रु १० लाख गरी जम्मा रु २६ लाख सहयोग गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख मोहनमाया ढकालले विपद् कोषमा भएको रकममध्ये पालिकाभित्रका १६ वटा वडा र नगरपालिकाको गरी जम्मा रु २६ लाख भूकम्प प्रभावितको पुनःस्थापना कोषमा सहयोग गरिने बताए ।

वीरेन्द्रनगर नगरपालिकाले भूकम्पपीडित परिवारका बालबालिका वीरेन्द्रनगरको सामुदायिक विद्यालयमा अध्यनरत भएकालाई र नगरपालिकाभित्र अध्ययन गर्न चाहनेका लागि नगर शिक्षा विकास कोषमार्फत निःशुल्क अध्ययन व्यवस्थापन गर्ने भएको छ ।

यसैबीच दैलेखको डुङ्गेश्वर गाउँपालिकाले पनि भूकम्पपीडितलाई रु ५० हजार राहत सहयोग गर्ने बताएको छ । सानो भए पनि भूकम्पपीडितको घाउमा मल्हम लगाउन रु ५० हजार राहत रकम दिने निर्णय भएको गाउँपालिका अध्यक्ष सुन्दरकुमार केसीले जानकारी दिए ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ८ : ३७ बजे

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

नेपालमा होहल्ला, आरोप-प्रत्यारोप मामुली कुरो : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि