इजरायलमा सत्ता साझेदारीको प्रयास, नेतान्याहुद्वारा आलोपालो प्रधानमन्त्रीको प्रस्ताव « Khabarhub

इजरायलमा सत्ता साझेदारीको प्रयास, नेतान्याहुद्वारा आलोपालो प्रधानमन्त्रीको प्रस्ताव


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इजरायलमा नयाँ सरकार गठनका लागि राजनीतिक गठबन्धनको अनिश्चितता बढिरहेका बेला प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विपक्षी नेता गादी आइसेनकोटलाई आलोपालो प्रधानमन्त्री बन्ने प्रस्ताव गर्ने तयारी गरेका छन् ।

इजरायली सञ्चारमाध्यमका अनुसार नेतान्याहुले आइसेनकोटसँग सत्ता साझेदारीको प्रस्ताव अघि सार्ने तयारी गरे पनि उनकै दल लिकुडभित्र यस विषयमा मतभेद देखिएको छ।

च्यानल १३ का अनुसार नेतान्याहुले आइसेनकोटसँग सत्ता साझेदारीको इच्छा सार्वजनिक गर्ने तयारी गरेका छन्। सार्वजनिक प्रसारक कानले भने उक्त प्रस्ताव अनौपचारिक माध्यमबाट अघि सारिने जनाएको छ।

तर, आइसेनकोट नेतान्याहुको प्रस्तावप्रति सशङ्कित देखिएकाछन्। उनले आगामी साता नयाँ सरकार गठन गरी शपथ लिने तयारीसमेत जारी राखेका छन्। 

गठबन्धनका साझेदार डेमोक्रेट्स पार्टीका अध्यक्ष यायर गोलान र इजरायल बेटेनुका अध्यक्ष अभिग्डोर लिबरम्यानलाई उनीहरूको सहमतिबिना लिकुडसँग एकता सरकार गठन नगर्ने आश्वासन उनले दिएको बताइएको छ। दुवै नेताले नेतान्याहु नेतृत्वको सरकारमा सहभागी हुन अस्वीकार गर्दै आएका छन्।

यसैबीच, लिकुडसँग एकता सरकार गठनको पक्षमा रहेका बी’याचड पार्टीका अध्यक्ष नफ्ताली बेनेटले नेतान्याहुसँगको वार्ता टुङ्गिनुअघि नै आइसेनकोट नेतृत्वको सरकार गठन भए विरोध गर्न सक्ने उनको समूहका वरिष्ठ नेताहरूले च्यानल १३ लाई बताएका छन्। यद्यपि, लिकुडसँगको वार्ता असफल भए अन्य विकल्पमा विचार गर्न सकिने सङ्केत बेनेटले यसअघि दिएका थिए।

इजरायली राष्ट्रपति आइज्याक हर्जोगले आइसेनकोटलाई सरकार गठनका लागि दिएको २८ दिनको समय डिसेम्बर ६ मा समाप्त हुँदैछ। आइसेनकोटको याशर, गोलानको डेमोक्रेट्स र लिबरम्यानको इजरायल बेटेनु पार्टीसँग नेसेटका कुल १२० सिटमध्ये ३६ सिट छन्। बेनेटको समर्थनसमेत जोड्दा चारदलीय गठबन्धनसँग ४८ सिट पुग्छ।

सरकार गठनका लागि आवश्यक ६१ सिटको बहुमत पुर्‍याउन थप १३ सिट आवश्यक पर्ने भएकाले आइसेनकोटले लिकुड, अति अर्थोडक्स समूह वा अरब बहुल राम पार्टीको समर्थन जुटाउनुपर्ने देखिन्छ।

टाइम्स अफ इजरायलका अनुसार च्यानल १२ ले राम पार्टीले मन्त्री पद र अरब समुदायमा लगानीको बदलामा प्रस्तावित चारवर्षे कार्यकालमा आइसेनकोट नेतृत्वको सरकारका सुरक्षा निर्णयलाई समर्थन गर्ने प्रस्ताव गरेको जनाएको छ। रामका नेता मन्सुर अब्बासले पश्चिम किनारासम्बन्धी नियमजस्ता संवेदनशील विषयमा समेत गठबन्धनको निर्णय पालना गर्ने आश्वासन दिएको बताइएको छ।

राम पार्टीले अब्बास र सांसद योआव सेगालोभिट्जका लागि मन्त्रिपरिषद्मा पद, अरब समुदायमा अपराध नियन्त्रणको योजना तथा अरब र मिश्रित सहरको विकासका लागि पाँचवर्षे कार्यक्रमअन्तर्गत अर्बौँ शेकेल लगानीको माग गरेको छ। त्यस्तै, नेगेभ क्षेत्रका अरब समुदायमा निर्माण गतिविधि व्यवस्थित गर्न राष्ट्रिय परियोजना सञ्चालन गर्नुपर्ने माग पनि अघि सारेको छ।

आइसेनकोटले आफ्ना माग पूरा गर्ने प्रतिबद्धता जनाए राम पार्टी सरकार गठनपछि क्रमशः ती माग कार्यान्वयन गर्न तयार रहेको बताइएको छ। यद्यपि, पार्टी तत्कालै सरकारमा सहभागी हुने अपेक्षा गरिएको छैन।

अर्कोतर्फ, आइसेनकोट समूहका एक वरिष्ठ नेताले लिकुडसँगको एकता सरकारले सैन्य रिजर्भ सैनिकमाथिको बोझ कम गर्ने बेनेटको तर्कप्रति प्रश्न उठाएका छन्। नेतान्याहु अति अर्थोडक्स सहयोगीप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले एकता सरकारमा ती समूहलाई समावेश गर्दा उनीहरूले थप छुट पाउने दाबी गरेका छन्।

च्यानल १२ लाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले ती नेताको भनाइ उल्लेख गरेको छ, ‘रिजर्भ सैनिकहरूको समस्याको समाधानका रूपमा एकतालाई प्रस्तुत गर्नु गलत हो। लिकुडसँगको सरकारमा अति अर्थोडक्स समूह र नेतान्याहु दुवैले छुट पाउनेछन्।’

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  १ : ४४ बजे

‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक

काठमाडौँ-पत्रकार तथा अधिकारकर्मी रमेशप्रसाद तिमल्सिनाद्वारा लिखित पुस्तक ‘प्रश्नको घेरामा नेपालको

कांग्रेस एकजुट भएर स्थानीय तह निर्वाचनमा जुट्नुपर्छ : महामन्त्री पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम गर्दै आगामी

इजरायलमा सत्ता साझेदारीको प्रयास, नेतान्याहुद्वारा आलोपालो प्रधानमन्त्रीको प्रस्ताव

एजेन्सी- इजरायलमा नयाँ सरकार गठनका लागि राजनीतिक गठबन्धनको अनिश्चितता बढिरहेका बेला

पुरुष क्रिकेटमा गण्डकीको पहिलो जित, एनआरएनए पाँच विकेटले पराजित

कर्णाली- दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा गण्डकी प्रदेशले एनआरएनएलाई

भारतमा लोकसभा सिट ५० प्रतिशत बढाउने प्रस्ताव

नयाँदिल्ली- भारत सरकारले लोकसभा र राज्य विधानसभाका सदस्य सङ्ख्या ५०