यही गठबन्धनलाई निरन्तरता दिए कांग्रेस नै सकिन्छ : नेता कोइराला | Khabarhub Khabarhub

यही गठबन्धनलाई निरन्तरता दिए कांग्रेस नै सकिन्छ : नेता कोइराला


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिस्ट पार्टीसँगको गठबन्धनलाई निरन्तरता दिए विस्तारै कांग्रेस नै सकिने बताएका छन् ।

शुक्रबार काठमाडौंमा रीता शाहीद्वारा लिखित चिनारी नामक गजल संग्रह विमोचन गर्दै नेता काइरालाले लोकतान्त्रिक पार्टीसँग मात्र गठबन्धन हुने भन्दै कम्युनिस्ट पार्टीसँग गठबन्धनलाई अघि बढाए पार्टी विस्तारै सकिँदै जाने बताएका हुन् । उनले अहिलेको व्यवस्थामा गठबन्धन आवश्यक भएपनि चुनावपछि मात्रै गठबन्धन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, उनले अहिलेको अवस्थामा देश परिवर्तन गर्ने हो भने कांग्रेसलाई परिवर्तन गर्नुपर्ने उल्लेख गरे । कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले वादविवाद हुनु स्वभाविक भएको उनको भनाइ छ । कोइरालाले भ्रष्टाचार अन्त्य नगरेसम्म मुलुकमा सुशासन आउन नसक्ने र जनताको निराशालाई आशामा रुपान्तरण गर्न नसक्ने धारणा राखे ।

त्यस्तै कांग्रेस नेता रमेश लेखकले अहिलेको जनतामा देखिएको असन्तुष्टिप्रति पार्टी गम्भीर हुनुपर्ने बताए । उनले संविधान र व्यवस्थामाथिको असन्तुष्टिले अर्को गम्भीर दुर्भाग्य हुनसक्ने चिन्ता व्यक्त गरे ।

नेता लेखकले कुनै पार्टीको बहुमत नआउने विद्यमान समस्याको समाधान गर्नुको विकल्प नरहेको पनि बताए ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ३ : ५६ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य