नेपालगञ्जबाट मानसरोवर ‘माउन्टेन फ्लाइट’ तयारी « Khabarhub

नेपालगञ्जबाट मानसरोवर ‘माउन्टेन फ्लाइट’ तयारी


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नाट्टा बाँकेको पहलमा नेपालगञ्जबाट सिधा ‘माउन्टेन फ्लाइट’का रुपमा चीनको कैलाश मानसरोवर उडानको तयारी भइरहेको छ । नेपालगञ्जमा आउने भारतीय पर्यटकका लागि ‘एरियल भ्यु’ देखाउन कैलाश मानसरोवर उडान भर्ने तयारी भइरहेको नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

उनका अनुसार बुद्ध एयरसँग यसबारे कुराकानी भइरहेको र नेपालगञ्जमा माघ १४ गतेदेखि सुरु हुने ‘वेष्टर्न ट्राभल मार्ट’मा कैलाश मानसरोवर उडान भर्ने तयारी भइरहेको हो । मार्टमा उद्घाटन हुने भएपनि त्यसपछि साप्ताहिक रुपमा कर्णाली र सुदूरपश्चिमका सुन्दर पर्यटकीय क्षेत्रको ‘एरियल भ्यु’का साथै माउन्टेन फ्लाइटका रुपमा उडान भर्ने तयारी सुरु गरिएको सिग्देलले बताए ।

‘अहिले प्रारम्भिक रुपमा छलफल गर्दा सबैबाट सकारात्मक प्रतिक्रिया आएको छ । रारा, फोक्सुन्डो, मानसरोवरको साथै कर्णालीको काञ्जिरोवा हिमाल, सिस्ने हिमाल, चंखेली हिमाल लगायतको दृश्य हेर्नका लागि माउन्टेन फ्लाइट गर्छौँ’ उनले भने ।

भारतीय पर्यटकलाई लक्षित गरेर माउन्टेन फ्लाइट गर्दा कर्णाली र सुदूरपश्चिमको पर्यटनका लागि धेरै प्रवद्र्धनको काम हुने पनि उनको भनाई छ । मार्टमा उद्घाटन गरेर साप्ताहिक उडान गर्दा नेपालगञ्जमा आउने भारतीय पर्यटकलाई ठूलो सहयोग पुग्ने पनि उनको भनाई छ ।

यसबारेमा थप छलफल भइरहेको र चाँडै नतिजा आउने उनको भनाई छ । अहिले काठमाडौँ र पोखराबाट माउन्टेन फ्लाइट भइरहेका छन् । तर पश्चिम नेपालमा भने छैन । काठमाडौँबाट सर्वोच्च शिखर सगरमाथादेखि पूर्वी नेपालका हिमालको दृश्यवालोकन गराइने गरिन्छ ।

यस्तै पोखराबाट अन्नपूर्ण लगायत हिमालको लागि माउन्टेन फ्लाइट गरिन्छ । तर पश्चिम नेपालमा माउन्टेन फ्लाइट छैन । जसकारण पश्चिम नेपालमा रहेका अपी, सैपाल, चंखेली हिमाल, सिस्ने हिमाल, काञ्जिरोवा हिमाल ओझेल पर्दै आएका छन् ।

नाट्टा बाँकेले यसपटक ट्राभल मार्टमा केही नयाँ परियोजना सुरु गर्नुका साथै पर्यटकका लागि आकर्षण प्याकेज घोषणा गर्ने तयारी गरिरहेको छ । यसअघि नाट्टा बाँकेले नेपालगञ्ज–पोखरा सिधा उडान गर्नुका साथै नेपालगञ्जमा पर्यटकीय गतिविधि बढाउन ठूलो भूमिका खेल्दै आएको छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ८ : ४४ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले