कमजोर भएको कांग्रेस होइन, माओवादी हो | Khabarhub Khabarhub

कमजोर भएको कांग्रेस होइन, माओवादी हो

कांग्रेस, एकीकृत समाजवादी, जसपा र लोसपा प्रतिपक्षमा बस्नुपर्छ


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सरकार गठन भए पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। विश्वासको मतको लागि सरकारलाई सकस पर्न सक्ने संकेत देखा परेका छन्। अहिले साना दलको मूल्य बढेको छ। एकातर्फ नेपाली कांग्रेसले यो सरकारको आयु लामो छैन भनिरहेको छ। अर्को तर्फ पुस २६ गते विश्वासको मत लिनको लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि चुनौती थुप्रै देखिएका छन्। केही दलले यो विषयमा निर्णय २६ गते नै गर्ने भनेका छन्। यस बीचमा राप्रपालाई प्रधानमन्त्री दिने भन्ने सम्मका हल्ला फैलाइयो। राप्रपा र कांग्रेसले यो हल्ला किन गरे ? अबको राजनीति कसरी अगाडि बढ्छ ? यी र यस्तै विषयमा आधारित भएर पूर्व राजदूत तथा विश्लेषक प्रा. विजयकान्त कर्णसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

यो सरकार कसले बनायो ?
यो सरकार नेपालको सांसदले बनायो भन्नुपर्छ। सरकार बनेपछि कोही खुसी हुने कोही दुखी हुने सधै हुन्छ। अहिलेको सरकारमा तीन चार वटा दल निर्णायक छन्। केही दल सत्तामा जान आतुर छन्। भागबण्डाका लागि प्रधानमन्त्रीसहित २४ वटा मन्त्री पद छ।

हिजोको पाँच दलीय सरकार र अहिलेको सात दलीय सरकारमा के फरक छ ?
यदि नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारलाई नै हेर्ने हो भने पनि बहुरंगी नै हुन्थ्यो। अब जुन सरकारका बने पनि बहुरंगी नै बन्छ। फरक फरक एजेन्डा भएका पार्टी मिलाउन सकिँदैन।

राष्ट्रिय सहमति र अहिलेको सरकारको आवाज सबै मिलेर जाने भन्ने उपयुक्त आवाज हो ?
सरकारले पहिला लक्ष्य निर्धारण गर्नुपर्छ र अगाडि बढ्नुपर्छ। पुस २६ गते प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्दछ। त्यो विश्वासको मत प्राप्त गर्न सबै राजनीतिक दलको विचार मिल्नुपर्छ। सबै दललाई मिलाउनुपर्छ। सबै पार्टी भित्र सबैको मन्त्री बन्ने आकांक्षा छ। त्यसलाई कसरी निर्धारण गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।

कांग्रेस ठूलो पार्टी भएर पनि प्रतिपक्षमा बस्नु पर्याे यसलाई कसरी हेर्नुहुन्छ ?
सभापति र उनको छेउमा बस्नेले सही भूमिका निर्धारण गर्न सकेन। नेपाली कांग्रेसले एमाले र माओवादीको वार्तालाई ध्यान दिएन। पहिला माओवादी किन एमालेबाट छुट्टियो। यो विषयमा ध्यान दिनुपर्ने थियो।

प्रचण्डको सरकारले विश्वासको मत पाए पनि के कारणले अल्पमतमा पर्ने देख्नु हुन्छ ?
सरकार बनाउन पाएको समर्थन विश्वासको मत लिँदा घट्ने छ। अल्पमतमा सरकार चल्ने सम्भावना धेरै छ। अहिले धेरै दलहरू मिलेका छन्। त्यसमा पनि सबैलाई मन्त्री बन्नुपर्ने छ। राप्रपा र रास्वपा धेरै पछि आएको छ। सबैलाई मन्त्री बन्नुपर्ने छ। त्यसैले पार्टी फुट्ने सम्भावना छ। राप्रपा र रास्वपा लगायतका चारदेखि ५ वटा पार्टी फुट्ने सम्भावना छ। जो बने पनि केही गर्ने होइनन्। न फुट्ने पार्टी भनेका एमाले, माओवादी र कांग्रेस हुन्। अरु पार्टीको विश्वास गर्न सकिँदैन। त्यसैले प्रचण्डको अहिलेको चुनौती र पहिलो काम भनेको सबैलाई मिलाएर लानु हो।

यो सरकार गठबन्धन हुँदा विदेशी शक्तिले हस्तक्षेप गरेको आरोप छ नि के हो ?
त्यो कुन विदेशीले भनेको हो। त्यो खुलाउनुपर्छ। आफू गल्ती गरेर छिमेकीलाई दोष लगाउनु हुँदैन। आफ्नो बोलाई र काम गराइमा नेपालका राजनीतिक दलले सुधार ल्याउनैपर्छ। यो चुनावमा कमजोर भएको कांग्रेस होइन, माओवादी हो। त्यसैले अहिलेसम्मको अवस्थामा हेर्दा सरकारमा गएर माओवादी माथि जाला जस्तो लाग्दैन। जनतासामु गएर जनतालाई सेवा दिन सक्यो भने सुधार होला नत्र केही भन्न सकिँदैन। हाम्रो क्षमता छैन भने किन नियम ल्याउने ? त्यो राष्ट्रिय परिचय पत्र किन बनाएको ? एउटा मान्छेले के बोक्ने त नागरिकता बोक्ने कि पासपोर्ट बोक्ने कि, लाइसेन्स बोक्ने कि, राष्ट्रिय परिचयपत्र बोक्ने ? के के बोक्ने ? न त अहिले राष्ट्रिय परिचय पत्र कार्ड दिएको छ। अब फेरि पछि त्यो लिन लाइन लाग्छ। त्यसैले नहुने काममा नेतृत्व लाग्नु हुँदैन।

नेकपा एसलाई कसरी हेर्नु भएको छ ?
नेकपा एकीकृत समाजवादी पार्टीमा ठूलो समस्या छ। उसलाई एमाले मन परेको छैन। पहिला पनि त्यहाँबाट अलग भएको हो। केपी ओली र माधव नेपालबीच व्यक्तिगत रूपमै कुरा मिल्दैन। नेकपा एस आफ्नो अस्तित्वको लागि त्यहाँ जान चाहँदैन। वास्तवमा जसपा र नेकपा यसको एकताको सम्भावना पनि म कम देख्छु। उपेन्द्र, माधव नेपालको पार्टीको अस्तित्वका लागि उहाँहरु प्रतिपक्षमा बस्नु राम्रो हुन्छ। जसपा, नेकपा (एस), कांग्रेस र लोसपा प्रतिपक्षमा बस्दा विपक्ष शक्ति सशक्त बन्छ। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तरवार्ता
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ११ : १५ बजे

१७९ कैदीलाई प्यारोलमा राख्न सिफारिस

काठमाडौं – सङ्घीय प्यारोल बोर्डको बैठकले १७९ जना कैदीलाई प्यारोलमा

इजरायल-हिज्बुल्लाह संघर्ष : सीमा क्षेत्रबाट लाखौं सर्वसाधारण विस्थापित

एजेन्सी – पश्चिम एसियाको इजरायल-लेबनान सीमा क्षेत्रबाट केही दिनभित्रै लाखौं

नेपाल र ओमान बीचको खेल वर्षाले रोकियो

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमान

नेपाल प्रहरीका १४३ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीले एकैपटक १४३ प्रहरी नायब उपरीक्षक (डीएसपी)

बालविवाहमा महान्यायाधिवक्ताको निर्देशन – ‘बहुमुद्दा नचलाउनू’

काठमाडौं – महान्यायाधिवक्ता कार्यालयले महिला र पुरुष दुवै जना नाबालक