अफगानिस्तानमा लागूऔषधको समस्या विकराल बन्दै « Khabarhub

अफगानिस्तानमा लागूऔषधको समस्या विकराल बन्दै


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा अवैध लागूऔषधको समस्या झन् विकराल बन्दै जान थालेको छ । अफगानिस्तानको खामा प्रेसले मुलुकमा लागूऔषधको कारोबार बढ्दै गएको जनाएको हो ।

गत वर्षको अगस्ट महिनामा अफगानिस्तानको शासन सम्हालेपछि लडाकु समूह तालिबानले मुलुकमा अवैध लागूऔषधको उत्पादन, प्रशोधन र तस्करीमाथि प्रतिबन्ध लगाएको थियो । यद्यपि लागूऔषधमाथि प्रतिबन्ध लगाउन तालिबानले गरेको व्यवस्था व्यवहारमा कार्यान्वयनमा भने नआएको खामा प्रेसले जनाएको छ ।

तालिबानलेसत्ता सम्हालेपछि अफगानिस्तानको अर्थतन्त्र संकटमा परेको छ भने बेरोजगारी पनि उत्कर्षमा पुगेको छ । मुलुकमा व्याप्त मानवीय संकट अहिले अफगानिस्तानमा शासन गरिरहेको तालिबान सरकारको क्षमताभन्दा बाहिर रहेको खामा प्रेसले जनाएको छ ।

लागूऔषध अफिम उत्पादनको हिसाबमा अफगानिस्तान विश्वकै सबैभन्दा ठूलो मुलुक हो । अफगानिस्तानबाट हरेक वर्ष १।५ अर्बदेखि ३ अर्ब अमेरिकी डलर बराबरको अफिम र हेरोइनको तस्करी हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ९ : २१ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको