ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, ७ जना घाइते « Khabarhub

ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, ७ जना घाइते


२५ फाल्गुन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रोल्पा – रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सात घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्र्याक्टरमा सवार मजदुर सल्यानको कुमाक गाउँपालिका–६ का ३२ वर्षीय टोपलाल विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश भुसालले जानकारी दिउका छन् । उनको राप्ती विज्ञान प्रतिष्ठान दाङमा उपचारका क्रममा मृत्यु भएको हो ।

सडकमा काम गर्ने मजदुर सवार रा१त १७२५ नम्बरको ट्र्याक्टर सडकबाट तल खसेको थियो । दुर्घटनामा परी घाइते सातैजनाको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्र्याक्टर चालक दाङको घोराही उपमहानगरपालिका–३ का २९ वर्षीय नवीन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  १० : १७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको