स्वास्थ्य सेवा सुधार्न सञ्चार प्रविधिको प्रयोग बढाऔँ : मन्त्री शर्मा « Khabarhub

स्वास्थ्य सेवा सुधार्न सञ्चार प्रविधिको प्रयोग बढाऔँ : मन्त्री शर्मा


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले आमसञ्चार तथा सूचना प्रविधिलाई स्वास्थ्य सेवा सुधारमा उपयोग गर्ने नीतिका साथ सरकारले प्रक्रिया अगाडि बढाएको बताएकी छन् ।

स्वास्थ्य सेवा विभागद्वारा आज यहाँ आयोजित महिला स्वास्थ्य सम्मेलनको शुभारम्भ गर्दै उनले प्रभावकारी टेलिमेडिसिन, डिजिटल सचेतनालगायत कार्यक्रममार्फत स्वास्थ्य सेवा सुधारका लागि प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।

संविधानमा प्रजनन स्वास्थ्यलाई उल्लेख गर्नु ठूलो उपलब्धि भएको जनाउँदै उनले अब यसको कार्यान्वयनमा सबै क्षेत्रको गम्भीररुपमा ध्यान जानुपर्ने बताइन् । उनले भनिन्, “हामीले प्रजनन स्वास्थ्यलाई मौलिक हक त बनायौँ तर यसको कार्यान्वयन कसरी गर्ने भनेर आम महिलामा लैजान सकेका छैनौँ, अब यसको सचेतनता र कार्यान्वयनमा जोड दिनुपर्छ । यसमा आमसञ्चार तथा सूचना प्रविधिको व्यापक परिचालन गर्ने नीति बनाउनुपर्छ ।”

बुधबार मात्रै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा प्रधानमन्त्रीले महिला स्वास्थ्यसम्बन्धी विशेष घोषणा गरेको स्मरण गराउँदै उनले यसलाई प्रभावकारी कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिन् । स्वस्थ नागरिकका लागि हरेक आमा स्वस्थ हुनुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले महिलाको स्वास्थ्यलाई स्वस्थ नागरिक र सबल राष्ट्र निर्माणको आधार बनाउनुपर्ने बताइन्।

दुई दिनसम्म चल्ने सम्मेलनमा विज्ञका कार्यपत्रमा छलफल हुने र यसबाट महिला स्वास्थ्यसम्बन्धी नीति निर्माण गर्न सहयोग पुग्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  १२ : ४७ बजे

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम

तनहुँको व्यासमा साहित्यिक महोत्सव, बहुभाषिक सिर्जकहरू एकै मञ्चमा

तनहुँ– तनहुँको व्यास नगर प्रज्ञा परिषद्को आयोजनामा शुक्रबारदेखि व्यास नगर

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका