२०८४ अघि एमाले र कांग्रेसबीच सत्ता सहकार्य हुँदैन : गगन थापा « Khabarhub

२०८४ अघि एमाले र कांग्रेसबीच सत्ता सहकार्य हुँदैन : गगन थापा


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले) सँग २०८४ को आमनिर्वाचनअघि सत्ता सहकार्य नहुने बताएका छन्।

बिहीबार राष्ट्रपतिको निर्वाचनमा  भोट हालिसकेपछि संवाददाताहरूसँग कुरा गर्दै महामन्त्री थापाले २०८४ को चुनावपछि एमाले प्रतिपक्षमा बस्ने र त्यसबेला आफूहरूले सत्तापक्षका रूपमा एमालेसँग सहकार्यको प्रस्ताव राख्ने बताएका हुन्।

यसअघि राष्ट्रपतिको मतदानमा सहभागी भएपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग एमालेको सहकार्य हुन सक्ने बताएका थिए।

एमालेले पुस १० मा कांग्रेसलाई धोका दिएकाले फेरि ऊसँग संसदको यो कार्यकालमा सहकार्य नहुने थापाले बताएका हुन्।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  २ : ४२ बजे

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसाररपोसार

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो (तस्बिरहरू) 

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन