मोटरसाइकल दुर्घटना हुँदा कुस्तीका पूर्वराष्ट्रिय खेलाडीको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटना हुँदा कुस्तीका पूर्वराष्ट्रिय खेलाडीको मृत्यु


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको राजविराज नगरपालिका-११ स्थित पम्प नहरको भित्री सडकमा स ४ प ३२७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कुस्तीका पूर्वराष्ट्रिय खेलाडीको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाका ५० वर्षीय पूर्व खेलाडी श्याम मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार राति १० बजेतिर दुर्घटनामा परि गम्भीर घाइते भएका मण्डलको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मध्यराति १२ बजे मृत्यु भएको प्रहरीको भनाइ छ ।

 

 

 

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  २ : ५२ बजे

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर