नवनिर्वाचित राष्ट्रपतिबाट पदको सम्मान हुने रास्वपाको विश्वास  « Khabarhub

नवनिर्वाचित राष्ट्रपतिबाट पदको सम्मान हुने रास्वपाको विश्वास 


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित हुने राष्ट्रपतिबाट आफ्नो पदको सम्मान हुने विश्वास व्यक्त गरेको छ ।

 रास्वपाका सांसद मनिष झाले विगतमा आलङ्कारिक र सर्वोच्च पद भए पनि राजनीतिक स्वार्थबाट निर्णय भएकोप्रति आलोचना ब्यहोर्नुपरेको स्मरण गर्दै उनले अब त्यस्तो नहुने विश्वास व्यक्त गरे। उनले भने, ‘नयाँ राष्ट्रपतिले संवैधानिक जिम्मेवारीको मर्म र भावना बुझेर अभिभावकीय भूमिका निभाउनुपर्छ ।’

उनले रास्वपाले राष्ट्रप्रमुखको चयनमा सहभागी हुन पाउनु ठूलो अवसर र विशेष परिस्थिति भएको बताए। ‘पाँच वर्षका लागि राष्ट्राध्यक्षको चयनमार्फत फरक रेखा  कोर्ने अवसरमा सहभागी हुन पाउनु हाम्रो पार्टीका लागि ठूलो अवसर र विशेष परिस्थिति हो । यसले थप जिम्मेवारीवोध भएको छ’, उनले भने । 

राजनीतिक निर्णय गर्दा सङ्ख्यात्मक र सैद्धान्तिकरूपमा निर्णय गर्नुपर्ने भएता पनि विगतमा हाम्रो हतारमा समीकरण बनेकाले सहमति टिकाउन नसकिएको उनको भनाइ छ । उनले भने , ‘विगतमा हाम्रो हतारमा समीकरण बनेकाले टिकाउन सकिएन । अहिले परिस्थितिको विश्लेषण गरी गहन छलफल र स्वमूल्याङ्कन गरेर हामी निर्णयमा पुगेका हौँ ।’

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ६ : ०४ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा