भक्तपुर दरवार क्षेत्रभित्र मूर्ति चोरीको प्रयास, इटालियन नागरिक पक्राउ  | Khabarhub Khabarhub

भक्तपुर दरवार क्षेत्रभित्र मूर्ति चोरीको प्रयास, इटालियन नागरिक पक्राउ 


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको दरवारक्षेत्रस्थित तलेजु मन्दिरभित्र मूर्ति चोरीको असफल प्रयास भएको छ । तलेजु मन्दिर सुन्धारा परिसरमा करिब पौने १ बजे एक जना इटलियन नागरिकले मूर्ति चोरीको असफल प्रयास गरेका हुन् । 

ती विदेशी नागरिकले आफूसँग भएको चक्कुले धातुको मूर्ति निकाल्न लागेको देखेपछि प्रत्यक्षदर्शीले  तलेजुको सुरक्षार्थ खटिएका नेपाली सेनाको जवानलाई खवर गरे । त्यसपछि सेनाका जवानले पक्राउ गर्न खोज्दा ती विदेशी नागरिक भाग्न खोजेका थिए । तर, पनि उनलाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाइएको थियो । 

प्रत्यक्षदर्शी सुरेश कवांले ती विदेशी नागरिकले आफूसँग भएको चक्कुले मूर्ति निकाल्न खोजेको बताए । यसपछि आफूले तलेजुको गेटमा रहेका नेपाली सेनाका जवानलाई खवर गरेको उनले जानकारी दिए । खबरपछि ती विदेशी नागरिकले मूर्ति भुइँमा राखेर भाग्न खोजेको कवांले बताए । 

प्रहरीले पक्राउ गरेपछि उक्त विदेशी नागरिकको राहदानी नं वाईवी २१४५७०८ को इटालियन नागरिक तिजियानो रोन्ची भएको खुलेको छ । पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरवार हेरचाह अडा भक्तपुरकी प्रमुख अरुणा नकर्मीले ती विदेशी नागरिक भक्तपुर नगर प्रवेश गर्दा नगर प्रवेशको टिकटसमेत नलिई चोरबाटोबाट प्रवेश गरेको जानकारी प्राप्त भएको जानकारी दिइन् । 

भक्तपुर नगर प्रवेश गर्नका लागि प्रवेश शुल्क लिनुपर्ने व्यवस्था छ । भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने प्रति पर्यटकसँंग १० अमेरिकी डलर प्रवेश शुल्क लिने गरेको छ । नगरपालिकाले नगरको चारैतिरका प्रवेशद्धारमा कर्मचारीहरु खटाई नगर प्रवेश गर्ने विदेशी पर्यटकहरुसँंग प्रवेश शुल्क उठाउँदै आएको छ ।  

पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरवार हेरचाह अडा भक्तपुरकी प्रमुख नकर्मीले सीसीटीभीको क्यामेराको सहायताले हेर्दा सुन्धारा परिसरमा चारजना व्यक्तिहरू ओहोरदोहोर गरिरहेको देखिएको सुनाइन् । पक्राउ परेका ती विदेशी नागरिकलाई प्राचीन स्मारक संरक्षण ऐन २०१३ बमोजिम आवश्यक कारबाहीलाई प्रहरीलाई बुझाएको नकर्मीले बताइन् । 

घटनाबारे जिल्ला प्रशासन कार्यालय भक्तपुर, पुरातत्व विभाग रामशाहपथ काठमाडौं र भक्तपुर नगरपालिका ब्यासी भक्तपुरलाई पनि बोधार्थ पठाइएको जनाइन् । 

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ७ : १७ बजे

ओलीले बोल्ने समय नदिएपछि कर्ण थापाले आपत्ति जनाए

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा बोल्न नदिएपछि स्थायी

सहमतिमा यौन सम्बन्ध राखेर ‘हनी ट्रयाप’ थापेकी महिला पक्राउ

सुर्खेत – एक जना पुरुषलाई ‘हनी ट्रयाप’मा पार्ने युवतीलाई प्रहरीले

एमाले केन्द्रीय कमिटी बैठक : १८० जनाले राखे धारणा, विधान संशोधनमा २६४ सवाल सङ्कलन

काठमाडौँ – सत्तारुढ नेकपा (एमाले)को जारी नवौँ केन्द्रीय कमिटी बैठकमा

नयाँ पुस्ताको लडाकु विमानलाई चाहिने इन्जिन बनाउन भारतले फ्रान्ससँग सहकार्य गर्ने

काठमाडौं– भारतको रक्षा मन्त्रालयले नयाँ पुस्ताको लडाकु विमानको इन्जिन निर्माणका

‘स्वतन्त्र व्यापार सम्झौताले भारत र बेलायत दुबै मुलुक लाभान्वित’

काठमाडौं– दक्षिण एशियाका लागि बेलायतकी व्यापार उपायुक्त एन्ना शोटबोल्टले भारत