राष्ट्रपति पौडेललाई नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा बधाई « Khabarhub

राष्ट्रपति पौडेललाई नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा बधाई


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली जनसम्पर्क समिति अमेरिकाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । एक विज्ञप्ति जारी गर्दै सम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले पौडेललाई बधाई ज्ञापन गरेका छन् ।

‘नेपालको तेस्रो राष्ट्रपतिका रुपमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पौडेलको जितले गौरव बढाएको महसुस भएको छ। पौडेलको सफल कार्यकालको शुभकामना व्यक्त गछौं’ विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँले राष्ट्र हितलाई केन्द्रमा राखेर काम गर्नुहुनेमा हामी सबै विश्वस्त छौं।’ राष्ट्रपति राष्ट्रको अभिभावक भएकाले पौडेललाई  राष्ट्रलाई सर्वोपरि राखेर काम गर्नसमेत उनले सुझाव दिएका छन् ।

पौडेलको अभिभावकत्वमा संघीय लोकतान्त्रीक गणतन्त्र थप मजबुत हुने विश्वास आफूहरूको रहेको विष्टले बताए । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका छन्। राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका ७ दलसँग गठबन्धन गरेको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ७ : ५१ बजे

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की– पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित

टोलीभित्र कुनै तनाव छैन, रोनाल्डो हाम्रा रोल मोडल हुन्: प्रशिक्षक मार्टिनेज

काठमाडौँ – पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोली पहिलेभन्दा

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल