‘दलित समुदायलाई विभेद गर्ने कार्यको आयोग निन्दा गर्दछ’ « Khabarhub

‘दलित समुदायलाई विभेद गर्ने कार्यको आयोग निन्दा गर्दछ’


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय दलित आयोगले सिरहा जिल्लामा भएको छुवाछूतसम्बन्धी घटनामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले आज विज्ञप्ति जारी गरी सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाका अध्यक्ष यादवले जातीय भेदभाव तथा छुवाछूत गरेको भन्दै निज अध्यक्ष यादवलाई नियन्त्रणमा लिई कानूनबमोजिम कारबाही गर्न र अपमानित दलित समुदायको मानव अधिकारको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

गाउँपालिकाका अध्यक्ष यादवले आफ्नो आमाको निधनपछि १३औँ दिनको पुण्य तिथिको दिन यही फागुन २२ गते आयोजना गरिएको ‘क्रिया भोजमा’ दलित र गैरदलितका लागि अलग अलग साइन बोर्ड टाँसेर अलग लाइन बनाएर दलित समुदायमाथि जातीय छुवाछूत तथा भेदभावको अमानवीय व्यवहार गरेको आयोगको भनाइ छ । “यगौँदेखि शोषण उत्पीडनमा पारिएका दलित समुदायलाई घोषितरूपमा छुट्याउने गरी ब्यानरसमेत राखेर छुट्टै भोज खुवाउने कार्यको आयोग निन्दा गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी नेकपा ९एकीकृत समाजवादी० निकट नेपाल दलितमुक्ति सङ्गठन र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानलगायतका दलित सङ्घ÷सङ्गठनले पनि आज विज्ञप्ति जारी गरी सो घटनाको भत्र्सना गरेका छन् । ती सङ्घ÷संस्थाले घटनाको स्थलगत अध्ययन गरी आवश्यक पहल गर्न राष्ट्रिय मानव अधिकार आयोग, मानवअधिकार समुदाय तथा न्याय प्रेमी नागरिक समाजलाई अपिलसमेत गरेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  १० : ५३ बजे

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ, तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत भएनन्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन