रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित « Khabarhub

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग  दुई करोड रुपैयाँ घुस मागेको  अडियो बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित भएका छन्।

अडियो बाहिरिएपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गरेको छ। श्रेष्ठलाई कारबाही गरिएको रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । 

सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको हो। मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको भन्दै सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँगको कुराकानीमा सुन्न सकिन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री आफ्नो पार्टीको भाग परेको श्रेष्ठले प्रसाईँलाई सुनाएका छन् । उनले प्रसाईँसँग दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । उनले तत्काल एक करोड भएपनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको प्रसाईँलाई सुनाएका छन् ।

 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  २ : ४८ बजे

कुनै गडगडाहट छैन बूढीगण्डकीको (तस्बिरहरु) 

धादिङ– बूढीगण्डकी नदीमा आएको बाढी शान्त देखिए पनि तटीय क्षेत्रमा

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ

 ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अर्घाखाँची– छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ