गर्मीले मधेश प्रदेशको जनजीवन प्रभावित | Khabarhub Khabarhub

गर्मीले मधेश प्रदेशको जनजीवन प्रभावित


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटसहित मधेश प्रदेशका जिल्लामा तापमान ४० डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित बनेको छ । प्रचण्ड गर्मीको कारण तापक्रम बढ्दै जाँदा मधेशमा जनजीवन प्रभावित बनेको हो । सप्तरी राजविराजको ४० दशमलव चार डिग्री सेल्सियस ताप मापन गरिएको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

तराई, मधेश तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन स्वास्थ्य कार्यालय रौतहटले अनुरोध गरेको छ । गर्मीका कारण तराई, मधेशका सप्तरी तथा यस आसपासका स्थानीयवासीको दैनिकी प्रभावित बनेको छ । बजार सुनसान देखिन थालेका छन् ।

मानिस मात्र नभई चराचुरुङ्गी र अन्य जनावर पानी एवं शीतल खोज्न थालेका छन् । रौतहटमा तातो बढ्दै जाँदा दैनिक ज्यालादारी गरी खाने वर्गलाई समस्या पर्न थालेको छ । केही दिनअघिदेखि बढेको अत्याधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा चल्नुले सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या उत्पन्न भएको छ । अत्याधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज प्रभावित भएको छ ।

चन्द्रनिगाहपुरस्थित सकारी अस्पताल र निजी अस्पतालमा गर्मीका कारण अस्पतालमा आउने बिरामीको चाप पनि बढ्दै गएको छ । सामान्य अवस्थामा दैनिक १५० देखि दुई सयसम्म बिरामी आउने यस अस्पतालमा अहिले गर्मीकै कारण दैनिक ३५० सम्म बिरामी आउने गरेको अस्पतालका प्रमुख डा। अभिनन्दन श्रीवास्तवले बताए । उनले अधिकांश झाडापखाला, वान्ता र भाइरल खोकीका बिरामी अस्पताल आउने गरेको जानकारी दिएका छन् ।

अहिले अत्याधिक गर्मीका कारण बच्चाको मुख सुक्ने, पानीको कमी हुनेलगायतको समस्या देखिएका कारण उनीहरूलाई झोलिलो पदार्थ खान दिन चन्द्रनिगाहपुरमा रहेको सिम्स अस्पतालका डाक्टर राम किशोर साहले आग्रह गरे । 

तातो हावाले वायु प्रदूषण हुने र यसले बालबालिका, वृद्धवृद्धा र बिरामीको श्वासप्रश्वासमा असर पुर्‍याउने चिकित्सकहरू बताउँछन् । यस्तो गर्मीमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनुपरे छाता ओढेर हिँड्न र प्रशस्त पानी पिउनुपर्ने स्वास्थ्यकर्मीहरूले बताए ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ११ : ५१ बजे

जंगली हात्तीको आक्रमणबाट मृत्यु

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२

भारतको हरियाणा विधानसभा निर्वाचन, कांग्रेसको सुरुवाती अग्रता 

काठमाडौं– भारतको हरियाणा राज्यको विधान सभामा भारतीय नेशनल कांग्रेसले सुरुवाती

तीनमन्त्री खुर्कोटसहित बाढी प्रभावित क्षेत्रको अवलोकनमा

सिन्धुली– संघीय तीन मन्त्रीले सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा

उखुको समर्थन मूल्य छिटो तोक्न सांसद चौधरीको माग 

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य  एवं प्रतिनिधिसभाका सांसद विनोद चौधरीले

भारतद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

बाँके– भारतले नेपालका बाढीपीडितका लागि सामग्री हस्तान्तरण गरेको छ ।