‘ए’ डिभिजन लिग : सातदोबाटोविरुद्ध संकटाको सहज जित « Khabarhub

‘ए’ डिभिजन लिग : सातदोबाटोविरुद्ध संकटाको सहज जित


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहिद स्मारक ‘ए’ डिभिजन लिगमा सङ्कटा क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ ।सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा सङ्कटाले सातदोबाटोलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

सङ्कटाको जितमा दुवै गोल युसेफ एट्रिसले गरे । उनले खेलको १४औँ मिनेटमा पहिलो गोल गरे । यस्तै खेलको २६औँ मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै सङ्कटालाई जित दिलाए ।

यस जितसँगै १६ खेलमा २० अङ्क जोडेको सङ्कटा अङ्कतालिकाको नवौँ स्थानमा उक्लिएको छ । समान खेल खेलेको सातदोबाटो २३ अङ्कका साथ अङ्कतालिकाको पाँचौँ स्थानमा छ ।

यसैगरी दशरथ रङ्गशालामा आजै भएको अर्को खेलमा थ्री स्टार क्लबले न्युरोड टिम ९एनआरटी० सँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ । यस खेलसँगै थ्री स्टार दोस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारको १६ खेलमा २५ अङ्क छ । यस्तै एनआरटी १६ खेलमा १८ अङ्क जोड्दै १२ औँ स्थानमा छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ८ : २० बजे

अत्यधिक गर्मी बढेपछि नेपालगन्जका विद्यालय बन्द

नेपालगन्ज– अत्यधिक गर्मी बढेपछि नेपालगन्जमा बुधबारदेखि लागू हुनेगरि तीन दिनका

सबैजसो पुराना नेता तानिन सक्छन् अनुसन्धानमा, दलहरूमा निम्तिन सक्छ गम्भीर संकट

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वमा सरकार बनेको भोलिपल्टबाटै पुराना दलका

राजनीति जनताको सेवा गर्ने औजार हो : मन्त्री तिमिल्सिना

चितवन– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा

आफैं गाडी चलाएर बन्द सत्रस्थलमा पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन