सफा हिमाल अभियान, २९ हजार किलो फोहर सङ्कलन « Khabarhub

सफा हिमाल अभियान, २९ हजार किलो फोहर सङ्कलन


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाको अगुवाइमा भइरहेको ‘सफा हिमाल अभियान–२०२३’ अन्तर्गत परिचालित टोलीले सगरमाथा, ल्होत्से, बरुन्चे तथा अन्नपूर्ण हिमाल सफाइ कार्य जारी राखेको छ ।

तीन वटा समूहमा परिचालित टोलीले सगरमाथा, ल्होत्से सात हजार छ सय ३२, बरुन्चे १८ हजार पाँच सय २०, अन्नपूर्णबाट तीन हजार दुई सय ५० गरी जम्मा २९ हजार चार सय दुई किलो फोहर सङ्कलन गरिसकेको नेपाली सेनाले जनाएको छ ।

उक्त अभियानमा संलग्न जनशक्तिलाई हौसला प्रदान गर्नुका साथै हालसम्म भइरहेको कार्य प्रगतिबारे जानकारी लिन बलाध्यक्ष रथी सीताराम खड्काले यही वैैशाख २३ गते अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका थिए । अन्नपूर्ण हिमाल सफाइ कार्यक्रमलाई पोखरा महानगरपालिकाले पनि सहयोग पु¥याएको छ ।

अन्नपूर्ण हिमाल सफाइमा संलग्न टोलीका सदस्य सह–सेनानी सुमन पाण्डे, प्यूठ मानसिंह चौधरी, सिपाही नवराज राना र सिपाही ज्ञानेन्द्र डाँगीले मिति २०८० वैशाख ०४ गतेको बिहान उक्त हिमालको सफल आरोहण गरेको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

गत चैत १४ गते प्रधानसेनापति प्रभुराम शर्माको अभियान सुरुआतको घोषण गरेको र अभियानबाट करिब ३५ टन अर्थात् ३५ हजार किलो फोहर सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।

विश्व वातावरण दिवस ९जुन ५० मा समापन हुने यस अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरण प्रदूषण तथा विश्व तापमानको असरलाई न्यून गर्न सचेतना फैलाउने एवं हिमालमा थुप्रिएको फोहर हटाउन केही सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ९ : ०७ बजे

अत्यधिक गर्मी बढेपछि नेपालगन्जका विद्यालय बन्द

नेपालगन्ज– अत्यधिक गर्मी बढेपछि नेपालगन्जमा बुधबारदेखि लागू हुनेगरि तीन दिनका

सबैजसो पुराना नेता तानिन सक्छन् अनुसन्धानमा, दलहरूमा निम्तिन सक्छ गम्भीर संकट

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वमा सरकार बनेको भोलिपल्टबाटै पुराना दलका

राजनीति जनताको सेवा गर्ने औजार हो : मन्त्री तिमिल्सिना

चितवन– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा

आफैं गाडी चलाएर बन्द सत्रस्थलमा पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन