काठमाडौं र झापाबाट लागूऔषधसहित ३ जना पक्राउ « Khabarhub

काठमाडौं र झापाबाट लागूऔषधसहित ३ जना पक्राउ


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ बाडभञ्ज्याङबाट अवैध लागूऔषध गाँजाको धुलो करिब ४ केजी ५ सय ग्रामसहित मकवानपुर थाहा नगरपालिका-७ बस्ने ३० वर्षीय सविन थापा मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले मकवानपुरदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.५ प ३२०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

काठमाडौंकै चन्द्रागिरी नगरपालिका(२ बाडभञ्ज्याङबाट अवैध लागूऔषध गाँजा १ केजी ३ सय ग्रामसहित धादिङ थाक्रे गाउँपालिका-१ बस्ने २६ वर्षीय निनु तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले धादिङदेखि काठमाडौं आउँदै गरेको बा.६३ प ४९४० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

झापाको झापा गाउँपालिका-४ घर भई कनकाई नगरपालिका-३ डेरा गरी बस्ने २६ वर्षीय करन चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

 विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  २ : ३९ बजे

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा