फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपाल सहभागि हुने « Khabarhub

फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपाल सहभागि हुने


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले माल्दिभ्समा आयोजना हुने फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । 

नेपाल बास्केटबल संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली टोलीका कप्तान सदिश प्रधानको नेतृत्वमा च्याम्पियनसिपमा सहभागिता जनाउने जनाएको छ । 

माल्दिभ्स, नेपाल, बंगलादेश, भुटान र पाकिस्तानको सहभागिता रहेको च्याम्पियनसिप जुन १४ देखि २२ सम्म हुनेछ । लिगको आधारमा आयोजना हुने च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान सदिश प्रधानले तयारी राम्रो भएको र सहभागी टिमसँगै धेरै पटक खेलेका कारण उपाधि जित्ने सम्भावना बलियो रहेको बताए । 

च्याम्पियनसिपमा सहभागिता नेपाली टोली सोमबार त्यसतर्फ जाने संघले जनाएको छ । 

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ३ : ०७ बजे

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो