चुमनुब्रीलाई डढेलोमुक्त गाउँपालिका बनाइने « Khabarhub

चुमनुब्रीलाई डढेलोमुक्त गाउँपालिका बनाइने


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकालाई डढेलोमुक्त गाउँपालिका बनाइने भएको छ । वातावरण प्रदूषण रोकथाम र न्यूनीकरण गरी पर्यावरणीय संरक्षणका लागि गाउँपालिकालाई डढेलोमुक्त क्षेत्र बनाउन लागिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।

पालिकाभित्रका धेरैजसो जङ्गलमा सिकारीले बढी मात्रा डढेलो लगाउने गरेको पाइएकाले डढेलो नियन्त्रण र रोकथामका लागि गाउँपालिकाले नीति बनाउन लागेको अध्यक्ष लामाले बताए।

‘सिर्दीबास क्षेत्रमा यस्तो समस्या बढी देखिएको छ’, उनले भने, ‘सिकारीले सिकारका लागि समेत डढेलो लगाउने गरेका पाइएकाले पालिकालाई नै डढेलोमुक्त क्षेत्र घोषणा गरी कडाइका गर्न लागिएको हो ।’

गाउँपालिकालाई डढेलोमुक्त बनाउन सके मात्र प्रदूषणमुक्त गाउँपालिका निर्माण गर्न सकिने भएकाले डढेलो रोकथाम र नियन्त्रणलाई गाउँपालिकाले प्राथामिकता दिएको उनको भनाइ छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै समेटेर गाउँपालिकालाई डढेलोमुक्त गाउँपालिका बनाउने घोषणा कार्यान्वयनका लागि गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)सँग पनि समन्वय गरेर काम गर्ने अध्यक्ष लामाको भनाइ छ ।

उनले यसका लागि गाउँ–गाउँमा जनचेतना फैलाउने योजना गाउँपालिकाले बनाएको जानकारी दिए। ‘डढेलोका कारण पुग्ने क्षति, वातावरणमा पुग्ने असर, वन्यजन्तुको विनासलगायतका जनचेतना गाउँ–गाउँमा फैलाउनु आवश्यक छ’, अध्यक्ष लामाले भने, ‘भौगोलिक विकटता भएको गाउँपालिका भएकाले एमक्यापसँग समन्वय र सहकार्य गरी ड्रोनमार्फत पनि सचेतना फैलाउने र टोल–टोलमा सचेतना प्रदान गर्ने योजना छ ।

प्रदूषणमुक्त गाउँपालिका निर्माणका लागि पालिकाभित्रका खाली जमिनमा वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाको योजना रहेको उनको भनाइ छ ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको चुम उपत्यका करिब एक सय तीन वर्षअघिदेखि शान्ति र अहिंसाको क्षेत्रका रूपमा पनि परिचित छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ८ : २० बजे

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान

स्पेनसँगको भिडन्तअघि रोनाल्डोले भने – ‘यो मेरो अन्तिम विश्वकप हो’

टेक्सस – पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ

आज २०८३ साल असार २२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २२ गते सोमबार सन् २०२६