कर्णालीमा ६० प्रतिशत रोपाइँ « Khabarhub

कर्णालीमा ६० प्रतिशत रोपाइँ


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णालीमा असार सकिन लाग्दा करिव ६० प्रतिशत धान रोपाइँ भएको छ ।

कर्णाली प्रदेश कृषि विकास निर्देशनालयका अनुसार डोल्पामा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।

उनकाअनुसार हुम्लामा ८४ दशमलव ०३ प्रतिशत, मुगुमा ६० प्रतिशत, सल्यानमा ७० प्रतिशत, रुकुमपश्चिममा ६० प्रतिशत रोपाइँ भएको छ । 

यस्तै, दैलेखमा भने अहिलेसम्म आधा रोपाइँ पनि हुनसकेको छैन । निर्देशक रोकायले दैलेखमा अहिलेसम्म ४५ प्रतिशतमात्रै रोपाइँ भएको हो ।

यसैगरी जाजरकोटमा ७५ प्रतिशत रोपाइँ हुँदा जुम्लामा भने ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सुर्खेतमा ५५ दशमलव पाँच प्रतिशत रोपाइँ भएको छ । 

कर्णालीमा ४८ हजार एक सय ३३ हेक्टर जमिनमा धानखेती गरिँदै आएको छ भने सल्यान र सुर्खेतमात्रै धानमा आत्मनिर्भर रहेको रोकायले जानकारी दिए ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ९ : ०९ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका